• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

देउवा परिवारको मोक्ष र उद्धारका लागि डडेल्धुरामा महारुद्र यज्ञ आयोजना गरिदै

धनगढी, ५ चैत/सनातन धर्मको संरक्षण, पितृमोक्ष तथा समाजमा आध्यात्मिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले डडेल्धुरामा सप्ताहव्यापी महारुद्र महायज्ञ आयोजना गरिने भएको छ । देउवा सेवा समाजको आयोजनामा नेपाल र भारतमा छरिएर बसोबास गर्दै आएका देउवा परिवारका सदस्यहरु मिलेर डडेल्धुराको गन्यापधुरा ५ गनेडाकोटमा महायज्ञ चैत १२ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने समाजका अध्यक्ष गजैसिह देउवाले जानकारी दिएका छन् ।

आयोजकका अनुसार परम्परागत विश्वास अनुसार देउवा वंशका पुर्खाबाट विगतमा पाप तथा अनिष्ट कर्म भएको उल्लेख पाइने भएकाले ती पापकर्मको प्रायश्चित गर्दै पितृहरूको मोक्ष र उद्धारका लागि महायज्ञ आयोजना गर्न लागिएको हो । देउवा बंसजका जेष्ठ व्यक्ती रामबहादुर देउवा कर्ता रहने गरी वंशजहरूका लागि पुण्य सञ्चय तथा धार्मिक उन्नतिका लागि पनि यो अनुष्ठान महत्वपूर्ण हुने विश्वास गरिएको छ ।
महायज्ञमार्फत जानेर वा नजानेर गरिएका पाप तथा दुष्कर्मबाट मुक्ति दिलाउने, आत्मशुद्धि गर्ने तथा धर्म, संस्कार र नैतिक मूल्यप्रति जागरण ल्याउने उद्देश्य राखिएको आयोजकले जनाएको छ । यसले समाजमा शान्ति, सद्भाव र सकारात्मक ऊर्जा प्रवाह गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

कार्यक्रमअन्तर्गत दैनिक रूपमा पूजाआजा, वेदपाठ, शिवपुराण कथा वाचन तथा भजन–कीर्तन सञ्चालन गरिनेछ । उद्घाटन दिन कलश यात्रा निकालिनेछ भने अन्तिम दिन पूर्णाहुति तथा प्रसाद वितरणसहित कार्यक्रम समापन गरिनेछ । आयोजकले महायज्ञ सफल बनाउन सबै श्रद्धालु, धर्मप्रेमी तथा स्थानीयवासीलाई सहभागिताका लागि आह्वान गरेका छन् । साथै, कार्यक्रम सम्पन्न गर्न आर्थिक सहयोगका लागि बैंक खाता तथा क्यूआरमार्फत दान गर्ने व्यवस्था मिलाइएको जनाएको छ ।

महायज्ञको उद्घाटन चैत १२ गते कलश यात्रासहित गरिनेछ भने चैत १३ गतेदेखि नियमित रूपमा बिहानदेखि साँझसम्म धार्मिक कार्यक्रम सञ्चालन हुनेछन् । चैत १९ गते पूर्णाहुति कार्यक्रम सम्पन्न गरिनेछ । महायज्ञमार्फत धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि गर्नुका साथै सामाजिक एकता र सद्भाव कायम गर्ने लक्ष्य राखिएको छ । कार्यक्रममा सहभागी भई पुण्य लाभ लिनका लागि सम्पूर्ण भक्तजनलाई अध्यक्ष देउवाले आग्रह गरेका छन् ।

बिहिबार, चैत ०५, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.