• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुदूरपश्चिममा एमाले र नेकपाले समेत सकेनन् धरौटी जोगाउन

धनगढी, २४ फागुन /  प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नेपाली कम्प्युनिष्ट पार्टीका थप तीन उम्मेदवारको धरौटी जफत भएको छ । कञ्चनपुर-३ मा मानबहादुर सुनार, दार्चुलामा लक्ष्मणदत्त जोशी र बाजुरामा प्रकाशबहादु्र शाहको धरौटी जफत भएको हो। प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७१ (१) बमोजिम कुल सदर मतको १० प्रतिशत मत प्राप्त गर्न नसकेपछि उनीहरुको जफात भएको छ।

कञ्चनपुर-३ मा ५३ हजार ५१५ मत सदर भएकोमा धरौटी जोगाउन पाँच हजार ३५२ मत आवश्यक थियो। तर नेकपाका सुनारले चार हजार २८४ मत मात्रै पाएर धरौटी जोगाउन सकेनन्। उक्त क्षेत्रमा सुनारसहित १४ जनाको धरौटी जफत भएको छ। १७ जना उम्मेदवर रहेको उक्त क्षेत्रमा रास्वपाका ज्ञानेन्द्रसिंह महताले २७ हजार ११८ मत पाई विजयी भएका छन्।

दार्चुलामा कुल ४६ हजार ८९० मत सदर भएको थियो भने धरौटी जोगाउन चार हजार ६८९ मत कम्तिमा ल्याउनुपर्ने थियो। नेकपाका जोशीले तीन हजार ६५ मत मात्रै प्राप्त गरी धरौटी गुमाए। दार्चुलामा जोशीसहित आठ जना उम्मेदवारहरुको पनि धरौटी जफत भएको छ। दार्चुलाबाट एमालेका गणेशसिंह ठगुन्नाले १८ हजार ८९१ मत प्राप्त गरी विजयी भएका छन्।

यसैगरी, बाजुरामा कुल ४३ हजार ८९६ मत सरद हुँदा धरौटी जोगाउन चार हजार ३९० मत आवश्यक थियो। तर नेकपाका शाहले तीन हजार ३०१ मत मात्रै पाएर धरौटी जोगाउन सकेनन्। शाहसहित बाजुरामा पाँच जना उम्मेदवारको धरौटी जफत भएको छ। बाजुरामा नेपाली काँग्रेसका जनकराज गिरीले १७ हजार १७३ मत पाई विजयी भएका छन्।

फागुन २१ गते सम्पन्न निर्वाचनमा डडेल्धुराका एमाले उम्मेदवार चक्र स्नेहीसहित राप्रपाका गोविन्द खडायत, स्वतन्त्र गोरखबहादुर ऐर, श्रम संस्कृति पार्टीका महेन्द्र पुनमगर, जय मातृभूमि पार्टीका लक्ष्मीदत्त भट्ट, स्वतन्त्र तीर्थराज उप्रेती, राष्ट्रिय जनमोर्चाका चन्द्रदेव विक, नेमकिपाका सुरेन्द्र राज भट्ट, स्वतन्त्र सुरेन्द्र रावल र आम जनता पार्टीका खडकबहादुर ठकुराठीको धरौटी जफत भएको छ।

यस्तै, प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कैलाली क्षेत्र नम्बर ५ मा नेकपा एमालेका उम्मेदवार यज्ञराज ढुंगानासहित १२ जना उम्मेदवारको जमानत जफत भएको छ।

कैलाली क्षेत्र नम्बर – ५ मा कुल ६२ हजार १४७ मत सदर हुँदा धरौटी जोगाउन ६ हजार २१५ मत प्राप्त गर्नुपर्ने थियो। एमालेका ढुंगानाले भने पाँच हजार ८३९ मत मात्रै पाए।

यो क्षेत्रमा रास्वपाका आनन्द चन्द विजयी हुँदा काँग्रेसका नरनारायण शाह र नेकपाका प्रेम आलेले मात्रै जमानत जोगाएका छन्। कैलाली-३ मा नेकपा एमालेका उम्मेदवार गौरीशंकर चौधरी सहित सात जना उम्मेदवारको धरौटी जफत भएको छ।

एमालेका चौधरी सहित राष्ट्रिय प्रजातन्त्र पार्टीका बिरेन्द्रबहादुर बम, नेकपा माओवादीका अर्जुनप्रसाद कठरिया, राष्ट्रिय जनमोर्चाका देशराज चौधरी, प्रगतिशील लोकतान्त्रिक पार्टीका लक्षीराम चौधरी, नेपाल मजदुर किसान पार्टीकी जुनु महतारा शाही र मितेरी पार्टी नेपालकी सुशीला थापामगरको धरौटी जफत भएको हो।

उक्त क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका जगतप्रसाद जोशी २० हजार ३५९ मत प्राप्त गरी विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्दी लाई नेपाल कम्प्युनिष्ट पार्टीका विरमान चौधरीप्ले ११ हजार ९८३ मत पाएका थिए । नेपाली कांग्रेसका भीम बडुवालले नौ हजार ७०६ र नागरिक उन्मुक्ति पार्टीका विक्रम चौधरीले ६ हजार ७४७ मत पाएर धरौटी जोगाउन सफल भएका छन्।

कैलाली-४ मा नेपाली कम्प्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार हरिराम चौधरी उत्सवसहित तेह्र जना उम्मेदवारको धरौटी जफत भएको छ।

यसैगरी, नेकपाका उत्सवसहित राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल रजवार, नागरिक उन्मुक्ति पार्टी नेपालका धनबहादुर सुनार, श्रम संस्कृति पार्टीका भीमबहादुर थापामगर, स्वतन्त्र उम्मेदवार छत्रबहादुर भट्ट खत्री, नेकपा माओवादीका भक्तबहादुर शाही, उज्यालो नेपाल पार्टीका सुभास कुँवर, नेपाल मानवतावादी पार्टीका यज्ञबहादुर टमोट, राष्ट्रिय जनमोर्चाका हेमराज भट्ट, नेशनल रिपब्लिक नेपालका गोपीलाल चौधरी, नेपाल मजदुर किसान पार्टीकी अमृता भूसाल, नेकपा संयुक्तका मोहनदेव मिश्र र मितेरी पार्टी नेपालका दिनेशकुमार मल्लको धरौटी जफत भएको छ ।

उक्त क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका खेमराज कोइरालाले २८ हजार ५५६ मत प्राप्त गरी विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका गोरखबहादुर विष्टले ११ हजार ३०१ मत पाएका थिए । नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले नौ हजार ४४४ मत पाएर धरौटी जोगाउन सफल भएका छन् ।

निर्वाचन ऐनको दफा ७० (१) अनुसार प्रत्यक्ष उम्मेदवारले दश हजार रुपैयाँ धरौटी राख्नुपर्छ। उक्त दफाको उपदफा २ मा महिला र दलित वा अल्पसंख्यक समुदायका उम्मेदवारले उपदफा १ बमोजिमको धरौटीमा ५० प्रतिशत छुट पाउने व्यवस्था छ।

 

आइतबार, फागुन २४, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.