बाजुरा,१८ फागुन / बाजुराको त्रिवेणी नगरपालिका -४ मा सञ्चालित ‘सेवा सत्कार’ होटलकी व्यवसायी दूत्कला कुमारी साउदले पालिकामा कार्यरत एक कर्मचारीबाट धाकधम्की र अभद्र व्यवहार भएको आरोप लगाएकी छन्।
उनका अनुसार मंगलबार बेलुका करिब ८ बजेतिर सोही वडाका बासिन्दा तथा त्रिवेणी नगरपालिका कार्यालय अन्तर्गत लेखा शाखामा कार्यालय सहयोगीका रूपमा कार्यरत दलबहादुर साउद मदिरा सेवन गरेर होटलमा आएका थिए। होटलमा प्रवेश गरेलगत्तै उनले आफू नगरपालिका कर्मचारी भएको र “मलाई कसैले केही गर्न सक्दैन” भन्ने आशयका अभिव्यक्ति दिँदै अपशब्द प्रयोग गरेको दाबी सञ्चालिकाले गरेकी छन्।
साउदका अनुसार आरोपितले होटलको टेबल पटक-पटक जोडले बजाउँदै हुलहुज्जत गरेका थिए भने होटलमा रहेका अन्य सेवाग्राहीहरूमाथि पनि अपमानजनक शब्द प्रयोग गरेका आरोप लगाएकी छन्। घटनाका कारण केहीबेर होटलको वातावरण तनावपूर्ण बनेको र पटक-पटक नगर्नुस् भन्दा पनि झनै यो गाली बेइज्जती गर्न उत्रिएको होटल व्यवसायी साउदले बताइन्।
हिमाल होटल एण्ड लज’ सञ्चालन गर्दै आएका छन्। व्यवसायिक प्रतिस्पर्धा तथा व्यक्तिगत असन्तुष्टिका कारण यस्तो व्यवहार गरेको होटल व्यवसायी साउदको भनाइ छ।
