धनगढी, २९ माघ / नेपाल भारत सिमा नाका गौरीफन्टामा पेस्तोल गोली सहित पक्राउ परेका छन् । भारती एसएसबीले गौरीफन्टा नाकामा नेपालबाट भारतीय तर्फ गैरहेका क्रममा चेकजाँचका क्रममा भारतिय नागरिकलाई पक्राउ गरेका हो । माघ २७ मंगलबार साँझ करिब ७ः१५ बजे, भारत–नेपाल सीमा क्षेत्रको गौरिफन्टा चेकपोस्टमा सशस्त्र सीमा बल (एसएसवी) ले एक्स–रे ब्यागेज मेसिनमार्फत आवतजावत गर्ने यात्रुहरूको नियमित जाँच गर्ने क्रममा पेस्तोलको गोलीसहित एक जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा भारतको हरियाणा घर भएका ३९ वर्षीय नरेश कुमारलाई नियन्त्रणमा लिएको हो । उनलाई नेपालतर्फबाट भारत प्रवेश गर्दै गरेको अवस्थामा झोलामा एक्स–रे जाँच गर्दा १० राउन्ड प्रयोग नभएको पेस्तोलको गोली फेला परेको एसएसबीले जनाएको छ । सोधपुछका क्रममा ती व्यक्तिले आफ्नो नाम नरेश कुमार, पिता महावीर सिंह, स्थायी ठेगाना गल्ला पटी, किठाना, थाना–राजोन, जिल्ला–कैथल, हरियाणा तथा उमेर करिब ३९ वर्ष भएको बताएका थिए ।
बरामद गरिएका केएफ ७.६५ (३२ बोर) का १० राउन्ड कारतुस आफ्नो ३२ बोर पिस्टलका लागि भएको र सो पिस्टलको लाइसेन्स नम्बर रहेको उनले दाबी गरेका छन् । तर, लाइसेन्स भए पनि नेपालबाट भारत कारतुस ल्याउनु–लैजानु कानुनी रूपमा निषेध रहेको हुँदा उनले हतियार सम्बन्धी नियमको उल्लङ्घन गरेको ठहर गरिएको छ ।
घटनापछि एसएसबीले उक्त व्यक्ति नरेश कुमार तथा बरामद १० राउन्ड कारतुसलाई आवश्यक कानुनी कारबाहीका लागि गौरिफन्टा प्रहरी चौकीका प्रहरी प्रमुखलाई जिम्मा लगाएको छ ।
