धनगढी/ मैत्रिपुर्ण खेल खेल्न धनगढी क्रिकेट एकेडेमी (डिसिए) को टोली भारतको मुम्बई भ्रमणमा निस्केको छ । मुम्बईका विभिन्न टोलीसँग मैत्रिपुर्ण खेल खेल्न शुक्रबार डिसिएको अन्डर– १६ टोली भ्रमणमा निस्केको हो ।
मुम्बई भ्रमणका क्रममा टोलीले भारतका विभिन्न ६ स्थानीय क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको डिसिएका अध्यक्ष सुवास शाहीले जानकारी दिए । उनले टोलीले मुम्बईको ऐतिहासिक वानखेडे खेल मैदानमा आयोजना हुन लागेको नेपालसहित विभिन्न देशबीचका टी–२० विश्वकपका खेल प्रत्यक्ष अवलोकन गर्ने अवसर पाउने बताए । अध्यक्ष शाहीले विश्वकप खेलिरहेका खेलाडीलाई नजिकबाट देख्न पाउनु नयाँ पुस्ताका खेलाडीका लागि प्रेरणाको स्रोत हुने बताए ।
