• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

हिमपातका कारण अवरुद्ध भएका सुदूरपश्चिम प्रदेशका विभिन्न प्रमुख राजमार्ग सञ्चालनमा

धनगढी, १० माघ / गएराति परेको बाक्लो हिमपातका कारण अवरुद्ध भएका सुदूरपश्चिम प्रदेशका विभिन्न प्रमुख राजमार्ग सञ्चालनमा आएका छन्। हिमपातका कारण बैतडी र डडेल्धुरा जिल्लाका उच्च पहाडी क्षेत्रमा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको थियो।

बैतडी जिल्लाको अनारखोली, खोडपे, श्रीभावर, सतबाँझ र देहिमाडौँ क्षेत्रमा बाक्लो हिमपात भएपछि दशरथचन्द राजमार्ग र जयपृथ्वी राजमार्ग गएरातिदेखि नै अवरुद्ध भएका थिए। राजमार्ग अवरुद्ध भएपछि ती क्षेत्र हुँदै सञ्चालन हुने साना तथा ठूला सबै प्रकारका सवारी साधनको आवागमन ठप्प भएको थियो। यात्रुहरू बाटोमै अलपत्र परेका थिए भने मालवाहक सवारी साधनहरू समेत रोकिएका थिए।

यस्तै, डडेल्धुरा जिल्लाको साहुखर्क, हगुल्टेललगायत उच्च पहाडी क्षेत्रमा पनि हिमपात हुँदा भीमदत्त राजमार्ग अवरुद्ध भएको थियो। हिमपातका कारण सडकमा बाक्लो हिउँ जम्दा सवारी चिप्लिने जोखिम बढेपछि सुरक्षाका दृष्टिले आवागमन रोकिएको थियो।

अवरुद्ध सडक खुलाउन ट्राफिक प्रहरी, सडक डिभिजन कार्यालय तथा सम्बन्धित निकाय तत्काल सक्रिय भएका थिए। सडकमा जमेको हिउँ पन्छाउने, जोखिमयुक्त मोड तथा उकालो–ओरालो क्षेत्रमा सवारी आवागमन सुरक्षित बनाउने कार्य ट्राफिक प्रहरीले निरन्तर रूपमा गरेको थियो।

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेक जोराले आवश्यक समन्वय र प्रयासपछि अवरुद्ध राजमार्गहरू सञ्चालनमा आएको जानकारी दिए। उनका अनुसार हाल सबै राजमार्गमा सवारी आवागमन सामान्य बनेको छ।

यद्यपि, मौसम अझै चिसो र अस्थिर रहेकाले पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन ट्राफिक प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ। विशेष गरी रातिको समयमा र उच्च पहाडी सडक खण्डमा यात्रा गर्दा सवारी चालकलाई सतर्क रहन, आवश्यक सुरक्षा सामग्री प्रयोग गर्न र ट्राफिक प्रहरीको निर्देशन पालना गर्न अनुरोध गरिएको छ।

 

शनिबार, माघ १०, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.