धनगढी, ७ माघ / चौथो राष्ट्रिय सुप इन्टरटेनमेन्ट म्युजिक अवार्ड २०८२ अन्तर्गत प्रेम बोगटी लाई ‘सर्वोत्कृष्ट उद्घोषक २०८२’ को अवार्ड प्रदान गरिएको छ। संगीत र कलासँगै साहित्य, स्वास्थ्य, पर्यटन, समाजसेवा तथा पत्रकारिताका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने स्रष्टा तथा व्यक्तित्वहरूलाई सम्मान गर्ने उद्देश्यसहित आयोजना गरिएको अवार्ड कार्यक्रममा प्रेम बोगटी उद्घोषण विधातर्फ उत्कृष्ट ठहरिएका हुन्।
नेपालका विभिन्न मेला-महोत्सव तथा सांस्कृतिक कार्यक्रमहरूमा व्यस्त उद्घोषकका रूपमा परिचित बोगटी सुमधुर तथा सुर्ती आवाजका धनी कलाकार हुन्। उनले रेडियो हुँदै टेलिभिजन कार्यक्रम प्रस्तोतासम्मको यात्रा तय गर्दै स्टेज कार्यक्रम सञ्चालनमा समेत आफ्नो अलग पहिचान बनाएका छन्।
उनी कार्यक्रम सञ्चालक मात्र नभई गायकसमेत हुन्। आफ्नै आवाजमा गाइएका “टोपी ढाकैको”, “जोगी बनायो” लगायतका लोकगीतहरू बजारमा आइसकेका छन्, जसले श्रोतामाझ राम्रो चर्चा बटुल्दै आएका छन्।
