काठमाण्डौ, ६ माघ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधिसभा सदस्य चुनावका लागि चितवन क्षेत्र नम्बर २ मा वारेसमार्फत उम्मेदवारी दर्ता गराउनुभएको छ । लामिछाने सहकारी ठगीसम्बन्धी मुद्दामा पर्सा जिल्ला अदालतमा रहेकाले उहाँले वारेसमार्फत निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराउनुभएको हो ।
उहाँले रास्वपाको भरतपुर महानगर संयोजक सीता ज्ञवालीलाई आफ्नो वारेस दिइ उमेदवारी दर्ता गराउनुभएको हो । लामिछानेसँग आज अदालतले एक करोड रुपैयाँ धरौटी माग गरेको थियो ।
लामिछानेले रास्वपा महानगर सभापति सिता ज्ञवालीलाई वारेस दिएको र उनैले उम्मेदवारी दर्ता गराएको जिल्ला सभापति भुसालले जानकारी दिए । रवि लामिछाने तेस्रो पटक चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्नुभएको हो ।