धनगढी, २४ पुस / धनगढीका महिलाहरु वेद, बासका समाग्रीहरु बनाएर आर्थिक उपार्जनमा जुटेका छन् । धनगढी उपमहानगरपालिकाको रोजगार मेलाबाट आधारभुत सीप सिकेर वेद बासका सामाग्रीहरु बनाउन थालेका महिलाहरु थप सीप सिक्दै सामाग्रीहरू बनाइरहेका छन्।
धनगढी उपमहानगरपालिका , युएनडीपीको आर्थिक सहयोग र ट्रेस प्रा.लि. को आयोजनामा २१ जनालाई थप वेद बासका सामाग्री बनाउने तालिम सञ्चालन गरेको ट्रेस प्रा. लि. का अध्यक्ष छत्र बमले बताए ।
महिलाहरुलाई उद्यमी बनाउने उद्देश्य सहित ६५ दिने निशुल्क तालिम सञ्चालन गरिएको अध्यक्ष बमले बताए।
सिकारूहरुले समेत वेद वासकै सामग्रीहरू बनाएर आयआर्जन गर्न सकिने आधार तयार भएको बताएका छन्। आफूहरूलाई घर खर्च चलाउनको लागि अब धेरै असहज नहुने उनीहरु बताउँछन्।