• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

गोदावरीको गौशालाका गाई गोरु सडकमा छोडिए, ५० को ठाउँमा हजारभन्दा बढी राखिए पछि व्यवस्थापनमा समस्या

कैलाली , २१ पुस / कैलालीको गोदावरी नगरपालिकाले निर्माण गरेको गौशाला लथालिङ्ग भएको छ । गोदावरी नगरपालिका – ७ मा ४ महिना अघि सञ्चालनमा ल्याइएको गौशाला लथालिङ्ग बनेको हो । ५० वटा चौपायाहरू अट्न सक्ने क्षमताको गौशालाको भदौ १० गते कृष्ण जन्माष्टमीका दिन गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले उद्घाटन गरेका थिए । गौशाला निर्माणका लागि नगरपालिकाले ५० लाख खर्च गरेको थियो । जसमा जसमा ५० गाई राख्न सकिने गौशाला, स्टोर, हेरालु घर रहेका थिए ।

तर, पछिल्लो समय उक्त गौशालामा १ हजार भन्दा बढी छाडा चौपाया (गाई गोरु) राखिएपछि अस्तव्यस्त बनेको गौशालामा धमाधम गाई गोरु मर्न थालेपछि आइतबार गौशाला भित्रका गाई गोरु सडकमा छाडिएको हो ।

स्थानीयले गौशालामा ठेलमठेल राखिएका गाई गोरु दैनिक जसो मरिरहेका भए पनि उचित व्यवस्थापन नगरेको, खाना, पानी नदिएर भोक भोकै राखेको भन्दै गौशालाको गेट खोलेर बाहिर छोडिदिएका हुन ।

गौशाला समितिका अध्यक्ष टीका राम बमले आइतबार सिडिओ, मेयर लगायतकाले गौशालाको अवलोकन गरेर उचित व्यवस्थापन गर्न निर्देशन दिए पनि केही स्थानीयले गोशालाको गेट खोलेर गाई गोरु बाहिर पठाएको बताए ।

उनले गौशालामा क्षमता भन्दा बढी गाई गोरु हुँदा नै व्यवस्थापन हुन नसकेको बताए । उनले गौशालामा राखेका गाई गोरु बाहिर निकालेपछि किसान भने चिन्तित बनेको बताए ।

गौशालाबाट गाई गोरु निकालेपछि ४ जना हेरालु पनि घर गइसकेको बताए । ‘गौशालामा १२ सय भन्दा बढी गाई थिए’ उनले भने ‘अहिले पनि बाहिर नआएका २ सय जति गाई भित्रै छन् ।’ उनले गौशाला भित्र बढीमा एक सय गाई अटाए पनि बाँकी गाई खुला ठाउँमै बस्ने गरेको बताए ।

गोलादेउ सामुदायिक वनका अध्यक्ष समेत रहेका बमले गोदावरीका गाई गोरु व्यवस्थापन गर्नको लागि अघिल्लो मेयरकै पालामा गौशाला निर्माणको प्रस्ताव गरेपछि आफूहरूले जग्गा उपलब्ध गराएको बताए । ‘नगरकै गाई गोरु व्यवस्थापन हुन्छ भने ठिकै होला भन्ने सोच थियो तर, गाई गोरु धेरै भए पनि घरको व्यवस्थापन हुन नसक्दा चिसोमा गाई गोरु मर्न थाले’ उनले भने ‘१२ वटै वडाको गौशाला भनेर अन्धाधुन्ध गाई गोरु ल्याएर गौशालामा हाल्न थालियो । जसले गर्दा व्यवस्थापन हुन सकेन ।’

पुसको कठ्याग्रीदो चिसोमा पछिल्लो समय दैनिक जसो दर्जन गाई गोरु मर्ने गरेको स्थानीयको भनाइ छ । शनिवार मात्रै गौशालामा २५ वटा गाई गोरु मरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि गौशाला व्यवस्थापनमा नगरपालिकाले चरम लापरबाही गरेको भन्दै सर्वत्र विरोध भएको थियो । गौशाला गाई गोरु संरक्षण गर्ने क्षेत्रभन्दा पनि हत्या गर्ने क्षेत्र बनेको भन्दै चर्को विरोध भएपछि आइतबार कैलालीका प्रमुख जिल्ला अधिकारीको टोली गौशाला पुगेको थियो ।

उक्त टोली फर्किए लगतै केही स्थानीयले गौशालामा थुनिएर गाई गोरु मर्न थालेको भन्दै गेट खोलेर बाहिर पठाएका थिए । जसका कारण अहिले पुनः अत्तरिया बजार जताततै छाडा चौपाया देखिन थालेका छन् ।

गोदावरीमा विगत एक दशक देखि नै छाडा चौपायाको समस्या रहँदै आएको छ । पछिल्लो समय नगरकै छाडा चौपाया व्यवस्थापन गर्ने भन्दै खोलिएको गौशाला पनि उचित व्यवस्थापन हुन नसक्दा लथालिङ्ग बनेपछि पुनः छाडा चौपायाको समस्या पुरानै अवस्थामा फकिएको छ । पछिल्लो अवस्थाका बारेमा भने नगरपालिकामा छलफल नभएको नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्टले बताए ।

सोमबार, पुष २१, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.