धनगढी, २० पुस/बढ्दो सवारी दुर्घटनालाई न्यूनिकरण गर्ने उद्देश्यले कैलाली ट्राफिक कार्यालयहले रिफ्लेक्टिभ स्टिकर टाँस्ने अभियान सुरु गरेको छ ।
रातीको समयमा कुहिरो तथा हुस्सुका कारण सवारी साधनका बत्ती स्पष्ट नदेखिँदा कम भिजिबिलिटीका कारण दुर्घटना बढ्ने गरेको भन्दै ट्राफिक प्रहरीले जोखिम न्यूनीकरणका लागि रिफ्लेक्टिभ स्टिकर टाँस्ने अभियान अघि बढाएको कैलाली जिल्ला ट्राफिक कार्यालयका प्रमख प्रहरी निरिक्षक चक्रबहादुर देउवाले जानकारी दिए ।
आ–आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका ट्याक्टर, अटो, ई–रिक्सा, गोरु गाडा ९डलल्ब० लगायतका सवारी साधनहरूमा रिफ्लेक्टिभ स्टिकर टाँसिएको छ। साथै, सवारी आवागमनका दृष्टिले जोखिमयुक्त कल्भर्ट तथा पुलहरूमा समेत स्टिकर जडान गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
रिफ्लेक्टिभ स्टिकरका कारण राती तथा कुहिरोमा सवारी साधन र संरचनाहरू टाढैबाट देखिने भएकाले सम्भावित दुर्घटनालाई न्यूनिकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। ट्राफिक प्रहरीका अनुसार सवारी सुरक्षालाई थप प्रभावकारी बनाउन यस्ता सचेतनामूलक तथा प्राविधिक उपायहरूलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ।
