• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

कैलालीमा पछिल्लो साढे तीन महिनामा ५ सय ४२ मुद्दा दर्ता

धनगढी , ३ पुस / कैलालीमा पछिल्लो साढे तीन महिनामा ५सय ४२ मुद्दा दर्ता भएका छन् । जिल्लामा असोज १५ देखि मंसिर मसान्त सम्ममा उक्त मुद्दा दर्ता भएका हुन । बुधवार जिल्ला प्रहरी कार्यालय कैलालीले तीन महिनाको प्रगति विवरण सार्वजनिक गर्दै दर्ता भएका मुद्दामा सबैभन्दा बढी सङ्गठित अपराधका मुद्दा रहेको जनाएको छ । सङ्गठित अपराध सम्बन्धी ९८ वटा मुद्दा दर्ता भएका छन् । ती मुद्दामा संलग्न १ सय ८९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पछिल्लो साढे तीन महिनामा कर्तव्य ज्यान तथा ज्यान मार्ने उद्योगका ७६ वटा मुद्दा दर्ता भएका छन्, जसमा ५३ जना पक्राउ परेका छन् । आत्महत्याका घटनासमेत उच्च देखिएको छ । सो अवधिमा आत्महत्या सम्बन्धी ९६ वटा मुद्दा दर्ता भएका छन् । सामाजिक अपराधतर्फ हेर्दा ५० वटा मुद्दा दर्ता भई ९२ जना पक्राउ परेका छन् । जबरजस्ती करणी, बालविवाह, बोक्सी आरोप लगायत महिला सम्बन्धी अपराधका २७ वटा मुद्दा दर्ता भएका छन्, जसमा ३४ जना पक्राउ परेका छन् ।

जिल्लामा बैङ्किङ कसुरसम्बन्धी अपराध पनि बढ्दो क्रममा देखिएको छ । प्रहरीको तथ्यांकअनुसार उक्त अवधिमा बैङ्किङ कसुरका १ सय ५३ वटा मुद्दा दर्ता भएका छन् भने २४ जनालाई पक्राउ गरिएको छ । यसले आर्थिक अपराध कैलालीका लागि चुनौती बन्दै गएको देखाएको छ ।

प्रहरीले पछिल्लो साढे तीन महिनामा ३ सय ७२ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले २० वर्षपछि पक्राउ परेका ३ जना, १५ वर्षपछि पक्राउ परेका १६ जना, १० वर्षपछि पक्राउ परेका ७३ जना तथा ५ वर्षपछि पक्राउ परेका १२५ जना अभियुक्त रहेका छन् । यस्तै, अदालतबाट फैसला भई फरार रहेका पाँच वर्षभन्दा कम अवधिका १ सय ५५ जनालाई पक्राउ गरी जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

यस अवधिमा लागु औषध सम्बन्धी ८४ वटा मुद्दा दर्ता भई १ सय २६ जना पक्राउ परेका छन् । प्रहरी प्रमुख चन्दले हत्या, हिंसा, जबरजस्ती करणी, चोरी, तस्करीलगायत सामाजिक अपराधका घटनामा उल्लेखनीय कमी आउन नसकेको बताउँदै अपराध नियन्त्रणका लागि प्रहरीले विशेष रणनीति बनाएर काम गरिरहेको बताए ।

बिहिबार, पुष ०३, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.