धनगढी, २९ मंसिर / ओम्नीग्लोबल इन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीले कैलालीको धनगढीमा आफ्नो नयाँ शाखा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। आज (मंसिर २९) गते कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक डा. लोक बहादुर बिष्टको प्रमुख आतिथ्यतामा कन्सल्टेन्सीको उद्घाटन गरिएको सञ्चालक रविन्द्र देउवाले बताए
कन्सल्टेन्सीका सञ्चालक रविन्द्र देउवाले जापानी, कोरियन र अङ्ग्रेजी भाषा दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा पठनपाठन गराइने जानकारी दिए। उनका अनुसार २०७५ सालदेखि काठमाडौँमा सञ्चालन हुँदै आएको कन्सल्टेन्सी अब धनगढीबाट पनि सेवा दिने उद्देश्यले सुरु गरिएको उनको भनाइ छ।
जापान र कोरिया लगायतका देशमा अध्ययन तथा रोजगारीका लागि जान चाहने विद्यार्थीहरूलाई लक्षित गरी सेवा प्रदान गरिने देउवाले बताए। जापानमा काम गरिसकेका अनुभवी शिक्षकद्वारा कक्षा सञ्चालन गरिने उनको दाबी छ।
उद्घाटन कार्यक्रममा सञ्चारकर्मी, विद्यार्थी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कैलाली बहुमुखी क्याम्पसका आमसञ्चार विषयका प्रशिक्षक तथा सञ्चारकर्मी टेकेन्द्र देउवा लगायतको उपस्थितिमा धनगढी शाखाको उद्घाटन गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक डा. लोक बहादुर बिष्टले सफलताको शुभकामना दिँदै, आय आर्जनसँगै कन्सल्टेन्सीमा अध्यनरत विद्यार्थीको सुनौलो भविष्यको लागि पनि यो कन्सल्टेन्सले आफ्नो जिम्मेवारी पूरा गरोस् । कन्सल्टेन्सीहरु पछिल्लो समयमा कमाई खाने माध्यम मात्रै बनिरहेका हुनाले यहाँहरूले सञ्चालन गरेको ओम्निग्लोबल कन्सल्टेन्सी सेवामूलक बनोस् भन्ने सुझाव दिए।