• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

विकासनिर्माणमा लापर्बाही सह्य हुँदैन:मुख्यमन्त्री कमलबहादुर शाह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विकासनिर्माणमा ढिलासुस्ती र लापर्बाही प्रदेश सरकारलाई सह्य नहुने बताउनुभएको छ ।

धनगढीमा भएको बहुवर्षीय आयोजनाको प्रगति समीक्षा गोष्ठीमा उहाँले बजेट दुरुपयोग, लापर्बाही, बहानाबाजी सह्य नहुने बताउनुभएको हो । केही दिनअगाडि मात्रै अछाम र बाजुरामा सञ्चालनमा रहेका आर्थिक वर्ष २०७५÷७६ देखिका समस्याग्रस्त आयोजना अनुगमन गरेका उहाँले पूर्वाधार निर्माणमा ढिलासुस्ती गर्ने कसैलाई पनि छुट नहुने जिकिर गर्नुभयो ।

“समयमा काम नगर्ने ठेकेदारलाई अब छुट हुँदैन,” मुख्यमन्त्री शाहले भन्नुभयो, “जनताको अपेक्षाविपरीत आयोजना अलपत्र पार्ने निर्माण कम्पनी होस् वा मन्त्रालय अन्तर्गतका कार्यालय, जोकोहीलाई पनि कानुनी कारबाही हुन्छ ।” विकट बाजुरामा लामो समयदेखि सडक आयोजना अलपत्र रहेको मुख्यमन्त्रीको भनाइ थियो । उहाँले आयोजना समयमा सम्पन्न गर्न, गुणस्तरयुक्त निर्माण र स्थानीयमा विश्वास जगाउने गरी काम गर्न निर्देशन दिनुभयो । योजना सुपरिवेक्षण, अनुगमन तथा समस्याको समाधानका लागि प्रदेश सरकार पूर्ण रूपमा जिम्मेवार रहने मुख्यमन्त्री शाहको भनाइ थियो । उहाँले मार्तडी–कोल्टी रोडमा गएको पहिरो व्यवस्थापनसहित आवागमन सहज बनाउन निर्देशन दिनुभएको छ ।

समीक्षा कार्यव्रmममा अछाम, बाजुरामा निर्माणाधीन मार्तडी–कोल्टी–पिलिचौर सडक, सेरा–आँटीचौर–थामलेक, जयगढ–माझेठाना–रामारोशन, चिसापानी–जङ्गलघाट–बडीमालिका (जङ्गलघाट–तुर्माखाँद–बाँसकाँडा खण्ड) समयमै सम्पन्न गर्नुपर्ने जोड दिइएको थियो । यसै गरी खप्तड–मार्तडी–भौनेरा–आँटीचौर सडकखण्ड, खप्तड–मार्तडी–डोगडी–गैरीखाँद–काँडा, विनायक– लयाटी–पुलेतोला–रामारोशन, चिसापानी–जङ्गलघाट– बडीमालिका–गरीटाँड–कालागाउँ–दर्ना, साँफे–नन्देगडा–मेल्लेख–षोडषा–ऋषिदह सडक समयमै पूरा गर्नुपर्नेबारे छलफल गरिएको थियो ।

पूर्वाधार विकास कार्यालय अछाममार्फत निर्माण भइरहेका यी सडक निर्माणका लागि वज्रगुरु कन्स्ट्रक्सन कम्पनी प्रालि काठमाडौँ, अनक जयदेवी जेभी नेपालगन्ज बाँके, पिएस बानियाँ जेभी हेटौँडा मकवानपुर, बानियाँ–कुशेश्वर जेभी हेटौँडा मकवानपुर, बानियाँ निर्माण सेवा प्रालि मकवानपुरले ठेक्का पाएका छन् । यसै गरी केएसएम–केबिसी÷तेज जेभी धनगढी, शनिदेव निर्माण सेवा प्रालि महेन्द्रनगर र नाति कन्स्ट्रक्सन प्रालि इमाडोल ललितपुरले निर्माणको जिम्मा पाएका छन् ।

छलफलमा निर्माण व्यवसायीले मुआब्जासम्बन्धी समस्या, घरटहरा व्यवस्थापनमा कठिनाइ, न्यून जनशक्ति, जग्गाजमिन प्राप्तिको समस्याका कारण निर्माणमा ढिलाइ हुने गरेको जिकिर गरे । यसै गरी निर्माण सामग्रीको मूल्यवृद्धि तथा आर्थिक मन्दी, वन क्षेत्रसम्बन्धी विवाद तथा भौगोलिक विकटतालगायतका कारण समयमा आयोजनाका काम पूरा हुन नसक्ने गरेको उनीहरूको भनाइ थियो । पूर्वाधार विकास कार्यालय अछामले कार्यव्रmमको आयोजना गरेको थियो ।

बिहिबार, मङि्सर २५, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.