• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

पुस्तौँदेखि सडक सञ्जालबाट वञ्चित हुँदै गुम्बावासी

धनगढी । बाजुराको पूर्वीउत्तर क्षेत्रमा पर्ने गुम्बाबासी लामो समयदेखि सडक सञ्जालको पहुँचबाट वञ्चित हुँदैआएका छन् । जिल्लाको अन्य गाउँबस्ती सडकको पहुँचमा रहेको भए पनि यहाँका गुम्बावासी भने पुस्तौंदेखि सडक सञ्जालको पहुँचबाट वञ्चित हुँदैआएका हुन् ।

गुम्बामा झण्डै ६५ जनजातिको घरपरिवार बसोबास गर्दैआएका छन् । गुम्बा गाउँमा सडकको सुविधा नहुँदा अहिले यहाँका स्थानीय घोडा भेडाको भरमा दैनिक उपभोग्य सामग्री ढुवानी गर्ने गर्दछन् । जिल्ला सदरमुकाम मार्तडीदेखि झण्डै दुईसय किलोमिटरको दूरीमा रहेको यो गुम्बा जिल्लामै दुर्गम गाउँ हो ।

२०७६ साल पालिकाले यहाँका स्थानीयलाई केही सहज हुनेगरी घोरेटो बाटोको निर्माण गरिएको थियो । त्यो बाटोले अहिले यहाँका स्थानीयलाई गुम्बादेखि पालिकासम्म आउजाउमा सहज गरेको छ ।

योभन्दा पहिला गुम्बाको मुनि एक ठुलो भिर भएकाले त्यसमा आउजाउ गर्न समस्या हुनेगरेको थियो । यही अफठ्यारो बाटोको कारण प्रायः यहाँ जोकोही आउजाउ गर्न सक्दैनथे ।

यहाँका स्थानीयहरुको यही समस्यालाई दृष्टिगत गर्दै स्थानीय सकारले २०७६ सालमा पालिकाको आर्थिक सहयोगबाट गोरेटो बाटो निर्माण गरेको छ । जिल्ला सदरमुकाम मार्तडीदेखि दुईसय र पालिकादेखि झण्डै १५० किलोमिटरको दूरीमा पर्छ गुम्बा । यो पर्यटकीय स्थलको रुपमा पनि छ । यहाँ हरेक वर्ष देशभरबाट लामाहरु आएर बस्ने गर्छन् ।

यो गाउँ अझै सडक सुविधाबाट वञ्चित हुँदैआएको हिमाली गाउँपालिका –३ स्थानीय नरी रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो, “सडक नहुँदा गाउँदेखि पालिकासम्म आउजाउ गर्न समस्या छ । पहिला गोरेटो बाटो थिएन । गुम्बादेखि पालिकासम्म जाने एक ठाउँमा ठुलो पहाड थियो । त्यसमा हामीले बाबियाको लठ्ठाको सहाराले जाने गर्थ्याैं ।”

गत आर्थिक वर्ष झण्डै पाँच करोड रुपियाँ सङ्घीय सरकारबाट विनियोजन गरेको थियो । तर यो सरकारले त्यो रकम रोकिएपछि अहिले फेरि यहाँका स्थानीय सडकको सञ्जालबाट वञ्चित भएको हिमाली गाउँपालिका –३ का वडा अध्यक्ष मङ्गल बुढाले बताउनुभयो ।

टेलिफोन सुविधाबाट पनि वञ्चित 

हिमाली गाउँपालिकाको वडा –३ का गुम्बावासी पछिल्लो समय टेलिफोन सेवा सुविधाबाट समेत वञ्चित हुँदैआएका छन् । जिल्लाका अन्य गाउँ बस्तीमा २०६४ सालदेखि २०८२ सम्म टेलिफोन इन्टरनेट सेवा सुविधामा भएको भए पनि यहाँका गुम्बा गाउँमा अझै टेलिफोन सेवा छैन ।

यहाँका स्थानीयवासी पुस्तौंदेखि अहिलेसम्म टेलिफोन सेवाबाट वञ्चित हुँदैआएका छन् । यहाँका स्थानीयले टेलिफोन सेवा सुविधाका लागि धेरै पटक माग गर्दैआएको भए पनि अहिलेसम्म उनीहरुको त्यो माग पूरा भएको छैन ।

हिमाली गाउँपालिका –३ स्थानीय जसबहादुर भण्डारीले भन्नुभयो, “अहिले हाम्रो गाउँमा न टेलिफोन, न सडक न विद्युत् छ । देशले नयाँ अनुहार फेर्दैगएको छ । हाम्रो अवस्थामा भने केही परिवर्तन भएको छैन। अहिले हामी पुरानै मोडेलमा झरो र टुक्कीको भरमा रात काटिरहेका छौं ।”

विद्युत् सेवाबाट वञ्चित 

बाजुराको हिमाली गाउँपालिका –३ गुम्बाबासी विद्युत् सेवाबाट पनि वञ्चित हुँदै आएका छन् ।  यहाँका ६५ जना जनजाति परिवार पुस्तौंदेखि अहिलेसम्म झरो र टुकीको भरमा रात काट्न बाध्य हुँदै आएका छन् ।

यहाँका अन्य गाउँ बस्तीमा २०७८ सालमा विच्छ्या खोलामा उत्पादन गरेको विद्युतले गाउँमा बत्ती बलेको थियो । गत साउनमा आएको बाढीले विद्युतको नहर बगाएपछि अहिले ती गाउँ उज्यालोबाट वञ्चित भएको छ ।

गुम्बा जिल्लाकै एक दुर्गम गाउँमा पर्छ । यहाँ सडक पुर्‍याउन पालिकाको रकमबाट सम्भव छैन । गत वर्षमा सरकारले यहाँ सडक पुर्‍याउनका लागि झण्डै पाँच करोड रुपियाँ विनियोजन गरेको थियो । अहिलेको सरकारले त्यो रकम रोकिदिएपछि अहिले यहाँका स्थानीय सडक सुविधाबाट वञ्चित भएको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले बताउनुभयो ।

बुधबार, मङि्सर २४, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.