• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

बिनाशुल्क काम गर्छन् भलमनसा

 धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–८, धनगढीगाउँका सरोज चौधरीले गाउँको भलमनसाका रूपमा काम गरेको ३० वर्ष भइसक्यो । तीन दशकदेखि निरन्तर गाउँको नेतृत्व गरेका उहाँले भलमनसाका रूपमा काम गरेबापत हालसम्म गाउँबाट केही पारिश्रमिक लिनुभएको छैन ।

“२०५२ सालदेखि म निरन्तर भलमनसा भएर निःशुल्क गाउँको सेवा गर्दै आएको छु,” चौधरीले भन्नुभयो, “गाउँको नेतृत्व गरेबापत बाजेको पालादेखि नै हामीले केही पनि लिएका छैनौँ ।” धनगढी उपमहानगरपालिका–११, बाँसखेडागाउँका रोहितकुमार चौधरीले पनि गाउँको नेतृत्व गरेबापत पारिश्रमिक लिने गर्नुभएको छैन । गाउँमा रहेका गलत अभ्यासलाई हटाउनका लागि आफूले निःशुल्क रूपमा भलमनसा भएर काम गरिरहेको उहाँको भनाइ छ ।

“गाउँमा केही गलत अभ्यास हुँदै आएको थियो । त्यसलाई हटाउनका लागि म अगाडि बढ्छु, बरु पारिश्रमिक लिदिनँ भनेर नेतृत्व लिएँ,” चौधरीले भन्नुभयो । सरोज र रोहित जस्तै थारू समुदायमा भलमनसा भएर गाउँको नेतृत्व गरिरहेका धेरै जसो भलमनसाले गाउँका हितका लागि अझै निःशुल्क रूपमा काम गरिरहेका छन् । भलमनसा सेवामुखी प्रथा रहेको भन्दै आर्थिक अवस्था सन्तोषजनक रहेका व्यक्तिले गाउँको नेतृत्व गर्दा शुल्क नलिएका हुन् । विगतमा प्रायः भलमनसाले बिनाकुनै पारिश्रमिक गाउँको नेतृत्व गरेको भलमनसा बताउँछन् । लोकतान्त्रिक पद्धतिमा आधारित सेवामुखी प्रथा रहेका कारण गाउँको नेतृत्व गर्दा पारिश्रमिक नलिएको धनगढी उपमहानगरपालिका–९, बङ्गराका भलमनसा रामनारायण चौधरीले बताउनुभयो ।

बङ्गरामा चौकीदार र देशबन्ध्या गुरुवाका लागि भने टिहाइ उठ्ने गरेको जनाइएको छ । प्रतिव्यक्ति वार्षिक छ केजीका दरले गाउँबाट धानबाली सङ्कलन गरेर दुवै जनालाई बाँडेर दिइने गरेको भलमनसा चौधरीले बताउनुभयो । उहाँले पारिश्रमिक लिनका लागि नभई गाउँको आर्थिक, सामाजिक विकासममा टेवा पु¥याउनका लागि भलमनसाका रूपमा चार वर्षदेखि काम गरिरहेको उल्लेख गर्नुभयो ।

भलमनसाले गाउँको विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने गरेका छन् । यसै गरी भोजभतेरलगायतका कार्यमा पनि भलमनसाको महत्वपूर्ण भूमिका रहने गरेको छ । भलमनसा भनेकै सबैको भलो चिताउने कार्य हुने प्रथा रहेको धनगढी नगर भलमनसा समितिका अध्यक्षसमेत रहनुभएका रोहित चौधरीको भनाइ छ । कतिपय भलमनसाले अझै निःशुल्क रूपमा गाउँको काम गर्दै आए पनि पछिल्लो समय धेरै जसो भलमनसाले चौकीदार र गुरुवाभन्दा कमै भए पनि टिहाइ (पारिश्रमिक) लिन थालेका छन् । खास गरेर घरमा कमाउने वा काम गर्ने मान्छे अरू नरहेका व्यक्तिले भलमनसाका रूपमा काम गर्दा पारिश्रमिक लिन थालेका हुन् । घरमा एक्लो रहेका व्यक्तिलाई परिवार पनि पाल्नुपर्ने जिम्मेवारी रहने गरेकाले भलमनसाले पनि टिहाइ लिन थालेको धनगढी उपमहानगरपालिका–६, मटियारीका भलमनसा बिन्तीराम चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “म भलमनसा र चौकीदारका रूपमा काम गरिरहेको छु । घरको एक्लै व्यक्ति पनि हुँ । मलाई ६५ परिवारले वार्षिक २०÷२० केजीका दरले एक घरबाट ४० केजी टिहाइ दिने गरेका छन् ।”

भलमनसा वर्षभरि नै गाउँ समाजको काममा खट्ने गरेका कारण आर्थिक आम्दानीको अन्य काम गर्न नसक्ने गरेको जनाइएको छ । भलमनसाको पारिवारिक जीवन निर्वाह सहज होस् भनेर कतिपय गाउँमा केही टिहाइसहित नगद पनि दिने गरिएको छ । कञ्चनपुरको बेलौरी नगरपालिकामा धेरै जसो भलमनसाले वार्षिक रूपमा टिहाइ र नगद पारिश्रमिक पनि पाइरहेका छन् । बेलौरी नगरपालिका–२, चारघरुवाका भलमनसा लालवीर चौधरीले गाउँको नेतृत्व गरेबापत आफूले वार्षिक प्रतिघरधुरीबाट २० केजी धान र चार सय रुपियाँ पाउने गरेको बताउनुभयो ।

बिहिबार, मङि्सर १८, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.