काठमाडौं २ मंसिर / नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले १६६ रन बनाएको हो । कर्णालीका प्रियांक पन्चालले ९० रन बनाए । पवन सर्साफले २७, म्याक्स डोआउडले २०, मार्क वाटले १६ रन बनाए ।
चितवनका रवि बोपारा, सैफ अली जैब र सोहेल तनभीरले एकरएक विकेट लिए ।