• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कैलालीमा सिकलसेल स्क्रिनिङ अभियान सञ्चालन

धनगढी, ३० कार्तिक /  कैलाली जिल्लामा सिकलसेल रोगको जोखिम पहिचान र प्रारम्भिक निदानलाई प्रभावकारी बनाउने उद्देश्यले व्यापक सिकलसेल स्क्रिनिङ अभियान सञ्चालन गरिएको छ। स्वास्थ्य कार्यालय कैलालीले कात्तिक १६ गतेदेखि २७ गतेसम्म ६ स्थानीय तहमा गरी २ हजार १८२ जनाको सिकलसेल स्क्रिनिङ परीक्षण सम्पन्न गरेको छ। घोराघोरी स्वास्थ्य उपचार कार्यक्रम अन्तर्गत गरिएको उक्त अभियानले सिकलसेल–थालासेमिया सम्बन्धी प्रयोगशाला जाँच, निदान तथा व्यवस्थापनलाई स्थानीय स्तरमै मजबुत बनाउने लक्ष्य लिएको थियो। स्वास्थ्य कार्यालयका सूचना अधिकारी मिन बहादुर धामीका अनुसार परीक्षण गरिएकामध्ये ३ सय ३१ जनामा ट्रेड नतिजा पाइएको छ । उनीहरूको नमुना थप पुष्टि परीक्षणका लागि प्रयोगशालामा पठाइएको उनले जानकारी दिए।

कुन स्थानीय तहमा कति जनाको स्क्रिनिङ

धामीका अनुसार अभियान अन्तर्गत विभिन्न स्थानीय तहमा गरिएको स्क्रिनिङ विवरण यस्तो छः

जानकी गाउँपालिका स् २९५ जना

जोशिपुर गाउँपालिका स् ४६३ जना

लम्कीचुहा नगरपालिका स् ३१२ जना

गौरीगंगा नगरपालिका स् २२२ जना

बर्दगोरिया गाउँपालिका स् २७२ जना

भजनी नगरपालिका स् ६१८ जना

यीमध्ये धेरैजसो विद्यालय उमेर समूहका किशोर–किशोरीलाई लक्षित गरी परीक्षण गरिएको धामीले बताए।

थारु बाहुल्यता क्षेत्र केन्द्रित स्क्रिनिङ

कार्यक्रम सिकलसेल जोखिम उच्च देखिएको क्षेत्र, यसअघि स्क्रिनिङ नभ्याइएका स्थान तथा थारु समुदाय बहुल बस्तीलाई विशेष रूपमा केन्द्रित गरिएको थियो। सिकलसेलका केस धेरै देखिने पालिकाहरूले छुट्टै बजेट राखेर कार्यक्रम सञ्चालन गर्दै आएका भए पनि, कम बजेट भएका स्थानीय तहमा समेत स्वास्थ्य कार्यालयले विशेष ध्यान दिएर स्क्रिनिङ विस्तार गरिएको उनले बताए।

जोखिम पहिचान र उपचार व्यवस्थापनमा सहयोग

सिकलसेल रोग पहिचान, समयमै उपचार र आवश्यक परामर्श उपलब्ध गराउन यो स्क्रिनिङ अभियानले महत्वपूर्ण भूमिका खेलेको स्वास्थ्य कार्यालयको भनाइ छ। ट्रेड नतिजा आएका व्यक्तिहरूको पुष्टि परीक्षणपछि उपचार तथा व्यवस्थापन प्रक्रिया अघि बढाइने कार्यालयले जनाएको छ। कैलालीमा सिकलसेल–थालासेमिया रोगको जोखिम उच्च देखिने भएकाले आगामी दिनमा पनि यस किसिमका लक्षित कार्यक्रम निरन्तर सञ्चालन गरिने धामीले बताए।

आइतबार, कार्तिक ३०, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.