• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

महाकाली प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा सुरु भएपछि शय्या अभाव

कञ्चनपुर, २९ कार्तिक/  महाकाली प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा सुरु भएपछि बिरामीको चाप बढेको छ । अस्पतालले विशेषज्ञ सेवासँगै सिटी स्क्यानलगायतका उपकरणबाट सेवा दिन थालेपछि बिरामीको चाप बढेको हो । रिफर सेन्टरका रूपमा परिचित महाकाली अस्पतालले पछिल्लो समय २३ विशेषज्ञ चिकित्सकसहितको सेवा दिन थालेको छ ।

अस्पतालमा मेडिसिन विभाग, हाडजोर्नी विभाग, सर्जरी विभाग, स्त्री तथा प्रसूति रोग विभाग, रेडियोलोजी, एनेस्थेसियोलोजी र मानसिक रोग विशेषज्ञ सेवा सञ्चालन भएपछि दैनिक आउने बिरामीको चाप बढेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट अर्जुन भट्टले जानकारी दिए । एक महिनाअघि मात्रै अस्पतालले सिटी स्क्यान सेवा सुरु गरेको थियो । यसले यहाँ उपचार गर्न आउने बिरामीको चाप बढेपछि शय्या अभाव हुन थालेको उनले बताए । “सिटी स्क्यान सुरु भएपछि क्यान्सरको प्रारम्भिक पहिचान हुने, धेरैजसो चोटपटक लागेका, दिमागमा नशा च्यापिने र हेमाटोमा हुने बिरामीको निदान भइरहेको छ”, मेसु डा भट्टले भने, “यस्ता बिरामी बढेपछि अस्पतालमा बेडको अभाव हुन थालेको छ, बिरामी भर्ना दर बढेको छ ।”

बिरामीको भर्ना दर बढेपछि तत्काल बेड थप गर्नुपर्ने अवस्था आएको मेसु डा भट्टले बताए । यसका लागि सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयमा पहल गरिरहेको उनको भनाइ छ । “मङ्सिरदेखि ओपिडी र आकस्मिक कक्षका लागि छुट्टै अत्याधुनिक एक्स–रे मेसिनबाट सेवा सुरु गर्दै छौँ”, उनले भने, “हामीले गुणस्तरीय स्वास्थ्य सेवा दिने प्रतिबद्धताअनुरूप काम गरिरहेका छौँ ।” अस्पतालले विशेषज्ञसहितको सेवा सुरु गरेपछि यहाँका बिरामीले उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हट्न थालेको छ । विगतको तुलनामा अस्पतालमा अत्याधुनिक स्वास्थ्य उपकरण र विशेषज्ञसहितको सेवाले बिरामीलाई रोगको निदान र उपचारमा सहज भएको छ । अस्पतालले सिटी स्क्यान सेवा सुरु गरेपछि बिरामीको रोग पहिचान गरी उपचार गर्न सहज भएको अस्पतालका रेडियोलोजिष्ट सन्तोष आत्रेयले जानकारी दिए ।

“अस्पतालमा एक्स–रे मात्रै हुँदा हामीले यहाँबाट बिरामीलाई अन्यत्र रेफर गर्नुपर्ने अवस्था थियो,” उनले भने, “सिटी स्क्यान सुरु भएपछि यहाँ उपचारका लागि आउने धेरै बिरामीको छोटो समयमा उपचार गर्न सफल भएका छौँ, महेन्द्रनगरमै क्यान्सर पहिचान हुन थालेको छ ।” उनले धेरैजसो बिरामीको प्रारम्भिक क्यान्सरसमेत देखिएपछि बिरामीलाई सल्लाहसहित उपचारका लागि पठाएको बताए । अस्पताल व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष कृष्णानन्द भट्टले विगतको तुलनामा अस्पतालले विशेषज्ञ सेवा थपिँदै गएको बताए । “विगतको तुलनामा यहाँबाट सेवा लिने बिरामीको सङ्ख्या बढेको छ,” उनले भने, “यहाँको मुख्य आवश्यकता भनेको सिटी स्क्यान थियो त्यो सेवा पनि सञ्चालन भएपछि यहाँका बिरामीहरूलाई राहत मिलेको छ ।”

अहिले विशेषज्ञ चिकित्सक सेवा थपिँदै गएकाले सरकारले त्यही अनुसारको भौतिक पूर्वाधार र स्वास्थ्य उपकरण पनि थपिँदै गए यहाँबाट कुनै पनि बिरामीले उपचारका लागि अन्यत्र जानु नपर्ने उनको भनाइ छ । अस्पताल प्रशासनका अनुसार आर्थिक वर्ष २०७०/८१ मा ९१ हजार ५०० बिरामीले ओपिडीबाट सेवा लिएका थिए । त्यसैगरी आकस्मिक कक्षबाट ३९ हजार ९१४ जनाले सेवा लिएका थिए भने पाँच हजार जना अस्पतालमा भर्ना भएका थिए । विशेषज्ञ सेवा सुरु भएपछि आर्थिक वर्ष २०८१र८२ मा ओपिडीबाट एक लाख नौ हजार बिरामीले सेवा लिएका छन् । आकस्मिक कक्षबाट ५१ हजार ३०० बिरामीले सेवा लिएका छन् भने ६ हजार ३५६ जना अस्पतालमा भर्ना भएका थिए ।

विसं २०२० मा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा स्थापना भएको अस्पताल २०३१ सालमा २५ शय्याको जिल्ला अस्पतालमा परिणत भएको थियो । जिल्ला अस्पतालबाट स्तरोन्नति हुँदै २०४३ सालमा ५० शय्याको अञ्चल अस्पताल (रेफरल सेन्टर) का रूपमा परिणत भयो । मुलुकमा सङ्घीयतापछि प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नति भएपछि भने अस्पतालले विशेषज्ञ सेवा दिन थालेको हो ।

अस्पतालमा स्वीकृत स्थायी दरबन्दीअनुसार ११ तहका विशेषज्ञ चिकित्सक चार जना र नवौँ तथा दश तहका विशेषज्ञ चिकित्सक १६ जनाको दरबन्दी छ । अहिले अस्पतालमा मेडिसिन विभागमा चार, हाडजोर्नी विशेषज्ञ तीन, स्त्री रोग विशेषज्ञ तीन, बालरोग विशेषज्ञ दुई, नाक कान घाँटी विशेषज्ञ दुई, एनेस्थेसियोलोजिस्ट दुई, सर्जरी विशेषज्ञ तीन र रेडियोलोजिस्ट दुई र एक जना मानसिक रोग विशेषज्ञ कार्यरत छन् ।

शनिबार, कार्तिक २९, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.