धनगढी, २८ कार्तिक / बैतडीको पाटन नगरपालिका–६ का ट्रक चालक बिरभान बिष्टको हत्यामा संलग्न चार जनालाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ। जिल्ला अदालत बैतडीले बिष्टको हत्याम संलग्न चार जनालाई जन्मकैदको फैसला सुनाएको हो।
गाउँकै बुहारी नाता पर्नेको घरमा २०८१ असार १ गते बिष्टको हत्या गरी राखेको र त्यसको दुई दिनपछि पाटन–पञ्चेश्वर सडकखण्डको घङाल खोलमा शव फालिएको थियो। असार ३ गते बिष्टको शव सो स्थानमा फेला परेको थियो। २०८१ असार २३ गते भएको थुनछेक बहसमा हत्यामा संलग्न पाँचै जनालाई पुर्वपक्षका लागि कारागार चलान गरिएको थियो।
अदालतले हत्यामा संलग्न मृतक बिरभानकी बुहारी नाता पर्ने शिक्षिकासमेत रहेकी भागरथी बिष्ट, पाटन–६ कै ३८ वर्षीय भरत मोहन बिष्ट, पाटन–१ का १९ वर्षीय राजेन्द्र भट्टराई र पाटन–६ का २६ वर्षीय आशिष पहरीलाई जन्मकैदको फैसला सुनाएको हो भने अर्का १८ वर्षमुनिका किशोरलाई १६ वर्षको कैद सजाय सुनाएको हो।