डडेल्धुरा, २७ कार्तिक / डडेल्धुरा स्थित डडेल्धुरा अस्पतालमा एक्सरे मेसिन बिग्रिएको पाँच महिना पुगेको छ । पाँच महिना यता एक्सरे मेसिन बनाउन नसक्दा अस्पताल सम्म पुग्ने बिरामी निकै मर्कामा परेका छन ।
संघिय सरकार मातहत रहेको डडेल्धुरा अस्पतालमा पाँच महिना देखि ए क्सरे मेसिन बिग्रीए पछि एक्सरे गर्न अरु अस्पताल धाउनु पर्ने बाध्यतामा बिरामी परेका छन् ।
अस्पतालमा दुई वटा एक्सरे मेसिन रहेका थिए । सानो एक्सरे मेसिन संचालनमा रहेको भए पनि ठुलो ए क्सरे मेसिन बिग्रिएको पाँच महिना पुगेको हो । ठूलो मेसिन बिग्रदा ढाड, कम्मर, घाँटीसहित जटिल खालको ए क्सरे हुन सकेको छैन । जटिल खालका ए क्सरे गर्न हाल बिरामीहरु निजि अस्पतालका साथै धनगढी जान बाध्य छन् ।
सानो ए क्सरे मेसिनबाट हात र खुट्टा भाँचीएको एक्सरे मात्रै भईरहेको अस्पतालका मेडिकल सुपेरीटेनडेन्ट डा।सुधा देबकोटाले बताईन । उनका अनुसार यी बाहेक अन्य जटिल खालको एक्सरे हाल हुन सकेको छैन । लामो समय देखि एक्सरे मेसिन बिग्रीदा एक्सरे गर्नकै लागि धनगढी जानु पर्दा बिरामी निकै मर्कामा परेका छन । समय दुरीसंगै उपचार निकै महंगो भएको स्थानीयको गुनासो छ ।
एक्सरे मेसिन पुरानो हुँदा पटक पटक बिग्रीएपछि मर्मत गर्न सम्भव भएन । मेसु डा. देबकोटाका अनुसार नयाँ ए क्सरे मेसिन खरिदका लागि टेण्डर प्रक्रिया शुरु भईसकेको छ । अबको एक महिना पछि ल्याउने तयारी भईरहेको छ ।