धनगढी, २६ कार्तिक / कैलाली बहुमुखी क्याम्पसको केएमसी म्युजिक क्लबको पाँचौँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। क्लबको नया कार्यसमिति सागर बोगटीको अध्यक्षतामा सर्वसम्मत चयन गरिएको हो ।
कार्यसमितिको उपा-ध्यक्षमा पुजा आचार्य , सचिवमा रमेश वि.क. सहसचिवमा ऋतु बलायर, कोषाध्यक्षमा हरी खत्री, सह-कोषाध्यक्षमा करिश्मा रावल, कार्यक्रम संयोजकमा अर्जुन महरा, व्यवस्थापक प्रमुखमा भुपेन्द्र सिंह चयन भएका छन् ।
यस्तै सदस्यहरूमा सरस्वती बिक, मेघना रावल, टेकन्द्र बोगटी चयन भएका क्लबका नव अध्यक्ष सागर बोगटी जानकारी दिए ।
क्लबले विद्यार्थीका प्रतिभा उजागर, नियमित कार्यशाला तथा तालिम, क्लबको सक्रियतामा विभिन्न सांस्कृतिक कार्यक्रमहरू र संगीत प्रतियोगिताहरू गर्दै आएको छ ।
क्लबको नयाँ नेतृत्वले क्याम्पसमा सांगीतिक वातावरणलाई थप ऊर्जाशील बनाउने र संगीतको क्षेत्रमा रुचि राख्ने विद्यार्थीहरूको लागि एउटा बलियो आधार तयार गर्ने अपेक्षा गरिएको छ।
नवनिर्वाचित अध्यक्ष सागर बोगटीले क्लबको हित र उन्नतिको लागि ठोस योजनाका साथ अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले आफ्नो कार्यकालमा क्लबलाई अझ उचाइमा पुर्याउने बताए ।