धनगढी । कैलालीको गोदावरीमा बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । महाकाली राजमार्ग स्थित गोदावरीको तेघरीमा आर्मी ब्यारेक गेट नजिकै बसले ठक्कर दिँदा अन्दाजी ८० वर्षीय वृद्धाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । मृतक वृद्धाको पहिचान खुलेको छैन ।
वृद्धालाई दिपायलबाट धनगढी आउँदै गरेको ना ५ ख ५२५ नम्बरको बसले ठक्कर दिएको थियो । बुधवार बिहान ६ बजे भएको उक्त घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।