धनगढी २ कार्तिक/दृष्टी फाउण्डेसनले कैलाली उद्योग बाणिज्य संघका नवनिर्वाचित पदाधिकारीलाई स्वागत तथा सम्मान गरेको छ । फाउण्डेसनले शनिबार एक कार्यक्रमको आयोजना गरी अध्यक्ष पुष्करराज ओझा, भिमराज ओझा (अबु), सचिव प्रकाश चन्द र सदस्य प्रमिला पाठकलाई सम्मान गरेको हो ।
सम्मान गर्दै फाउण्डेसनकी अध्यक्ष कल्पना भट्टले व्यबसायिक हकहितका साथै समाजिक कार्यमा पनि अग्रसर हुन समेत आग्रह गरेकी छन् । नयाँ कार्यसमिति जझारु र युवा भएकोले पनि समाजले थुप्रै आश गरेको उनको भनाई छ ।
सम्मान ग्रहण गर्दै नवानिर्वाचित अध्यक्ष ओझाले व्यबसायिक हकका लागि स्थापित संस्थाको गरिमा उच्च राख्न आफु सधै अग्रसर हुने बताएका छन् । व्यबसायबाट मुनाफा कमाएको थोरै अंश पनि सामजिक उत्तरदायित्व बोध गर्दै सहयोग गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन् ।