• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

युद्धविराम प्रस्ताव हमासद्धारा स्वीकार, विपिन रिहाइ रिहा हुने सम्भावना बढ्यो

काठमाडौँ – अमेरिकाको युद्धविराम प्रस्तावलाई इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासले स्वीकार गरेपछि गाजापट्टीमा बन्धक बनाइएका कञ्चनपुरका विपिन जोशी रिहा हुने सम्भावना बढेको छ । इजरायल र हमासबीच गाजापट्टीमा दुई वर्षदेखि जारी युद्धलाई अन्त्य गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० बुँदे युद्धविराम योजना प्रस्ताव गरेका हुन् ।

युद्धविराम पूर्णरूपमा कार्यान्वयन भएमा पहिलो चरणमा हमासले नियन्त्रणमा रहेका सबै बन्धकलाई रिहाइ गर्नुपर्नेछ । इजरायल र हमासले ट्रम्पको प्रस्तावमा अनौपचारिक सहमति जनाएकाले जोशीसहित ४८ जनाको रिहाइको सम्भावना बढेको हो ।

युद्धविराममा औपचारिक सहमति गर्न सोमबार मध्यस्थकर्ताको सहजीकरणमा इजरायल र हमासका प्रतिनिधिबीच इजिप्टको राजधानी कायरोमा अप्रत्यक्ष वार्ता हुँदै छ । इजरायलको बन्दी मामिलाका प्रतिनिधि गाल हिर्सले आइतबार बिहान इजरायलस्थित अन्तर्राष्ट्रिय रेडक्रस समितिका प्रमुख ज्युलियन लेरिसनसँग बन्धक र कैदी साटासाट गर्ने विषयमा तयारी बैठक गरेका छन् ।

यसबारे उनले एक्समा लेख्दै जानकारी दिएका हुन् । उनी गाजाको युद्ध अन्त्य र बन्धक मुक्तका लागि भइरहेको अप्रत्यक्ष वार्तामा सहभागी हुने इजरायली वार्ता टोलीका सदस्य हुन् । इजिप्टमा हुने वार्ताले बन्धक–कैदीलाई साटासाट प्रक्रिया सुरु गर्न आवश्यक तयारीको समयसीमा तय गर्ने अपेक्षा राखिएको छ । इजरायलका अनुसार हमासको नियन्त्रणमा रहेका ४८ जनामध्ये २० जना मात्रै जीवित रहेको अनुमान छ । इजरायलस्थित नेपाली दूतावासका अनुसार जोशीको पछिल्लो अवस्थाबारे कुनै पनि जानकारी सार्वजनिक भएको छैन ।

‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका विपिनलाई हमासले २०२३ अक्टोबर ७ मा अलुमिम किबुजबाट बन्धक बनाएर लगेको थियो । त्यस दिन हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थी मारिएका थिए । हमासले बन्धक बनाएर लैजाँदा विपिनको टाउको छोपेर अस्पतालभित्र लगिरहेको भिडियो सार्वजनिक गरिएको थियो । त्यसयता उनका बारेमा कुनै पनि जानकारी सार्वजनिक भएको छैन । उनको रिहाइका लागि नेपाल सरकारले पहल गर्दै आएको छ ।

विपिनलाई रिहा गर्न दबाब दिनका लागि उनकी आमा र बहिनी पुष्पा न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयसमेत पुगेका थिए । उनीहरूले यूएन महासचिव एन्टोनिय गुटरेससँग भेटेर विपिनको शीघ्र रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए । त्यसअघि उनीहरू इजरायल पनि पुगेका थिए । इजरायलमा उनीहरूले राष्ट्रपति आइजक हर्जग र संसद्का अध्यक्ष आमिर ओहोनासँग भेट गरेका थिए ।

मङ्गलबार, असोज २१, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.