धनगढी।सम्भावित विपद् जोखिमलाई मध्यनजर गर्दै गृह मन्त्रालयले असोज १९ र २० गतेका लागि दिएको सार्वजनिक बिदामध्ये असोज २० गते (भोलि सोमबार) को बिदा कटौती गरिएको छ।
जिल्ला प्रशासन कार्यालय कैलालीले आइतबार एक सूचना जारी गर्दै सोमबार सबै सरकारी तथा सेवा प्रदायक निकायहरूले नियमित रूपमा सेवा प्रवाह गर्न निर्देशन दिएको हो।
प्रशासकीय अधिकृत शिवराज जोशीद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, “गृह मन्त्रालयबाट असोज १९ गते जारी सूचनाका आधारमा जिल्ला भित्रका सबै सेवा प्रदायक निकायहरूले सोमबारदेखि सेवा प्रवाह सुचारु गर्न अनुरोध गरिएको छ।”