काठमाडौं।नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले मलेसियासँगको टी-२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत दोस्रो खेल शनिबार खेल्ने भएको छ।मलेसियाको बायुमास ओभलमा बिहीबार सम्पन्न पहिलो खेलमा नेपाल ३ रनले पराजित भएको थियो।
त्यसपछि अब नेपालले सिरिजमा फर्किने उद्देश्यसहित दोस्रो खेल खेल्न लागेको हो।नेपाल क्रिकेट संघ ९क्यान० का अनुसार नेपालले मलेसियासँग कुल ५ वटा खेल खेल्नेछ।
पहिलो खेलपछि अब बाँकी ४ खेल क्रमशः असोज १८, १९, २१ र २२ गते हुनेछन्।इन्दु बर्माको कप्तानीमा रहेको नेपाली टोलीले सिरिज सुरु हुनु अघि मलेसियामा केही अभ्यास खेल समेत खेलेको थियो।