काठमाडौं ८ असोज/नारायणगढ मुग्लिन सडक पूर्णरुपमा अवरुद्ध छ । चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित तुइनखोलामा निरन्तर सुख्खा पहिरो खस्दा नारायणग-मुग्लिन सडक पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
यता, पृथ्वी लोकमार्ग भने पूर्णरुपमा सञ्चालनमा आएको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिका-१० बादरेमोडस्थित सडक माथिबाट सुख्खा पहिरो खस्दा बाटो पूर्णरुपमा अवरुद्ध भएको थियो । अहिले दुईतर्फी सञ्चालनमा आइसकेको तर पहिरो खस्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।
कोशी राजमार्ग पनि अवरुद्ध छ । संखुवासभाको भोटखोला गाउँपालिका-४ स्थित वरुणखोलामा बाढी आई ह्युम पाइप बगाएको हुँदा खाँदबारीदेखि थुमसुर जाने कोशी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
यस्तै, अरनिको राजमार्ग पनि पूर्णरुपमा अवरुद्ध छ । प्रहरीकाअनुसार सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ कोदारीमा पहिरो आउँदा ५/६ मिटर सडक २ फिट भासिएको छ ।
(अरु कुन सडक बन्द)
