• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

गेटा विश्वविद्यालय सभाको बैठककै छैन ठेगान, तत्काल बोलाउन माग

धनगढी , २२ भदौ / दुवै सदनबाट पारित भएर असार ४ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन २०८२ लागू भएको आज ५१ दिन पुगेको छ । राष्ट्रपतिले प्रमाणीकरण गरेको एकतिसै दिन देखि स्वतः लागू हुने व्यवस्था अनुसार साउन २ गते देखि ऐन कार्यान्वयनमा आएको थियो । ऐन कार्यान्वयनमा आएको ९० दिन भित्र सभाबाट उपकुलपति, रजिस्ट्रार नियुक्तिका लागि सिफारिस समिति गठन गरिसक्नु पर्ने प्रावधान भए पनि हाल सम्म सभाको पहिलो बैठक समेत बस्न सकेको छैन । शिक्षा मन्त्री अध्यक्ष रहने सभामा ८ जना पदेन सदस्य, १५ जना मनोनीत सदस्य गरी बढीमा २४ जनाको सभा रहने व्यवस्था रहेको छ ।

सभाको बैठक बसेपछि कार्यकारी प्रमुख रहने उपकुलपति र रजिष्टार नियुक्ति प्रक्रिया अगाडि बढ्ने भएकाले सभाले उपकुलपति र रजिस्ट्रार नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने प्रावधान छ । सिफारिस समिति ऐन प्रारम्भ भएको ९० दिन भित्र गठन गरिसक्नु पर्ने व्यवस्था छ भने सिफारिस समितिले साठी दिन भित्र उपकुलपति, रजिस्ट्रार नियुक्तिको लागि सिफारिस गर्नुपर्ने प्रावधान छ । सिफारिस समितिले सिफारिस गरेका व्यक्तिबाट सभाले तीस दिन भित्र नियुक्त गर्नुपर्ने प्रावधान पनि ऐन मै उल्लेख छ ।

यसरी सभाको बैठक बसेपछि पनि उपकुलपति र रजिष्टार नियुक्तिका लागि लामो प्रक्रिया भएको अवस्थामा विश्वविद्यालय सभाको पहिलो बैठक बस्नमै ढिलाइ हुँदा उपकुलपति र रजिष्टार नियुक्ति लगायत अन्य प्रक्रियामा पनि ढिलाइ हुने भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन कार्यान्वयनको अवस्थाका विषयमा धनगढीमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै सुदूरपश्चिम विश्वविद्यालयका पूर्व रजिष्टार यज्ञ राज पाठकले सभाको बैठक नबसी कुनै पनि प्रक्रिया अगाडि नबढ्ने भएकाले सभाको बैठक तत्काल बसाउनु पर्ने बताए ।

सेती अस्पतालका पूर्व मेसु डा. गणेश सिंहले अहिलेका लागि बसैभन्दा मुख्य कुरा सभाको बैठक बस्नु रहेको बताए । उनले विश्वविद्यालयको सभाको बैठक बसे मात्रै अन्य कुरा अघि बढ्ने भएकाले त्यसका लागि दबाब दिन आवश्यक रहेको बताए । सेती अस्पतालकै पूर्व मेसु शेर बहादुर कुँवरले शिक्षामन्त्री, स्वास्थ्य मन्त्री, सचिवहरू रहेको सभाको बैठक गेटामा गर्ने हुन की काठमाण्डौंमा भन्ने अन्योल रहेको बताए ।

इन्सेक सुदूरपश्चिमका अध्यक्ष खडकराज जोशीले ऐनमा तत्काल गर्नुपर्ने कामका लागि नागरिक समाजका तर्फबाट दबाब सिर्जना गर्नुपर्ने बताए । कैलाली बहुमुखी क्याम्पसका पूर्व प्रमुख सुरेन्द्र चन्दले गेटामा फुल फेजको अस्पताल सञ्चालन गरेर शिक्षण कार्यक्रम सञ्चालन गरिनुपर्ने बताए ।

कैलाली उद्योग वाणिज्य संघका उपाध्यक्ष पुष्कर राज ओझाले लामो समय बितिसक्दा पनि गेटामा विश्वविद्यालय सञ्चालनमा नआउनु दुखद भएको बताए । उनले विश्वविद्यालय कसरी छिटो सञ्चालनका लागि यस क्षेत्रका जनताले दबाब दिनुपर्ने बताए । नाटा सुदूरपश्चिमका संस्थापक अध्यक्ष माया प्रकाश भट्टले फास्ट ट्र्याकमा गएर विश्वविद्यालयको स्थापना गरिनुपर्ने बताए ।

साहित्यकार पदम राज जोशीले २०५४ सालदेखिको मेडिकल कलेज चलाउने भनेर झुक्काउने काम भएकाले अहिले पनि ऐन आयो भनेर हामीले चुप लागेर बसेमा पुन पुरानै अवस्था दोहरिन सक्ने बताए । अधिवक्ता गम्भीर सिंह ऐरले ऐन गौरभको कुरा भए पनि यो कार्यान्वयन नहुँदा सम्म ऐनको कुनै काम नभएको बताए ।

नागरिक अगुवा प्रमोद पाठकले विश्वविद्यालयको सभा नबसी म्याद सकिन नदिन यस क्षेत्रका जनप्रतिनिधिले प्रधानमन्त्रीलाई भेटेर कुरा राख्नुपर्ने बताए । उनले सरकारबाट भएन भनेर भोलिका दिनमा गेटाको संरचनालाई भाडामा पनि दिने चलखेल हुन सक्ने बताए ।

प्राध्यापक वीर बहादुर कडायतले अहिले सम्म सरकारले जनताका लागि भनेर कुनै पनि आफै गरेको नदेखिएकाले गेटामा विश्वविद्यालयका लागि पनि जनताको दबाब विना कुनै काम अघि बढ्ने सम्भावना नरहेको बताए । प्याब्सनका उपाध्यक्ष जगवीर थापाले नेपालमा आन्दोलन नगरी सङ्घर्ष नगरी कुनै पनि कुरा प्राप्त नहुने अवस्था रहेकाले त्यसका लागि जनदबाब दिन आवश्यक रहेको बताए ।

काँग्रेस नेता पदम राज जोशीले सङ्घर्ष समितिले मात्रै आवाज उठाएर नहुने भएकाले यस क्षेत्रबाट जनताले जिताएका जनप्रतिनिधिले आवाज उठाउनु पर्ने बताए । नेकपाका नेता मिसन सिले सङ्घर्ष विना कुनै पनि उपलब्धि हासिल गर्न नसकिएकाले अहिले पनि सोही अवस्था रहेकाले यस क्षेत्रका जनताले जागरूक हुनुपर्ने बताए । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सङ्घर्ष समितिका संयोजक लोक राज पाण्डेले अब ऐन कार्यान्वयनको पाटो पहिलो कुरा भएको बताए । उनले ऐन कार्यान्वयन गए अन्य कुरा स्वतह अघि बढ्ने बताए ।

आइतबार, भदौ २२, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.