धनगढी ,१५ साउन / सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण हेडक्वार्टर कैलालीको टोलीले १४ लाख ६२ हजार ८९६ रुपैयाँ बराबरको अवैध हार्डवेयर, मोबाइल पार्ट्स तथा गोरु गाडा बरामद गरेको छ।
कैलाली जिल्ला धनगढी उपमहानगरपालिका–१० स्थित समलिघार क्षेत्रमा भदौ १४ गते बेलुकी करिब ८ बजे विशेष सूचनाको आधारमा गरिएको निगरानी तथा चेकजाँचका क्रममा उक्त सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
भारततर्फबाट भन्सार छली नेपाल भित्र्याइँदै गोदाममा लुकाइछिपाइ राखिएको अवस्थामा फेला परेको ती सामान सशस्त्र प्रहरी निरीक्षक भुवनबहादुर विश्वकर्माको कमाण्डमा खटिएको १४ जना सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो।
बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि २०८२ भदौ १५ गते कैलाली भन्सार कार्यालय धनगढीमा बुझाइएका छन्।