यति बेला सुदूरपश्चिममा प्रदेशमा राजधानी कहाँ बनाउने भन्ने मुद्दा सतहमा आएको छ । २०७५ सालमा कैलालीको गोदावरीमा राजधानी बनाउने भनेर सहमती भए पनि बैठकको निर्णय निर्णयमै सिमित रहे पछि फेरी माहोल तातेको छ ।
सरकार चलि रहेकै छन् । यो वीचमा सुदूरका सात बर्ष बिते भने, ५ पटक नयाँ सरकार बने । त्रिलोचन भट्ट , राजेन्द्र रावल , दीर्घ सोडारी, र वर्तमान मुख्यमन्त्री कमल बहादुर शाह दुई पटक गरी ५ मुख्यमन्त्रीको नेतृत्वमा सरकार बने पनि स्थायी राजधानीको बहसले खासै ठाउँ पाएन् । कुनै बेला फट्ट फुट्ट कुरा उठे पनि अस्थायी राजधानी धनगढीमै कराडौंको लगानी लगाएर भवनहरु सजिसजाउ गरिए जो सबैलाई अवगत नै छ ।
अब फेरी धनगढीमै राजधानी बनाउने की गोदावरी लगायत अरु ठाउँमा राजधानी बनाउने भन्ने बिषय सतहमा आए पछि सबै आफु अनुकूलका विचारहरु प्रस्तुत गरी रहेका छन् । वर्तमान मुख्यमन्त्री कमल बहादुर शाहको नेतृत्वमा रहेको सरकार नै राजधानीको बिषयमा दूई भागमा विभाजित बनेको छ । मुख्यमन्त्री लगायतका केहीँ संसद धनगढीमै राजधानी स्थायी गर्ने लहडमा लागेको बिषय सार्वजनीक भए पछि राजधानीको बिषय थप पेचिलो बनेको छ ।
तर अधिक संसद धनगढीमै राजधानी बनाउने पक्षमा सहमत देखिदैन्न । अहिलेको सरकार पनि एक तिहाइ बहुमतमा छैन त्यसैले पनि राजधानी कसरी स्थायी बनाउने भनेर एकिन गर्न पनि वर्तमान सरकारलाई सकस भएको छ ।
तर राजधानीमा करोडौं खर्च गरेर अन्य क्षेत्रको विकासमा गति लिने बेलामा फेरी राजधानीकै बिषयमा अड्किनुले हाम्रो विकासको लय छामछुम पार्न धेरै समय लाग्दैन । रोचक बिषय के छ भने पहाडी जिल्लाक अधिकांस नागरीक र जनप्रतिनिधिको माग डडेल्धुरा, दिपायल अझ आ–आफ्नै जिल्लामा भए हुने थियो भन्ने मत राखी रहेका छन् । यता राजधानीको बिषय समाधान गर्ने वा अस्थायी राजधानीमै करोडौं करोड अझै खर्च गर्ने भन्नेमा सरकारको कार्यदिशामा निर्भर रहेको देखिन्छ ।
प्रदेशको नामकरण गर्ने बेलाको जस्तो सहमती गर्न सके मात्रै समग्र सुदूरपश्चिम वासीको लागि लाभदायक छ । यसका लागि सबै सरोकारवाला पक्षले आपसी समझदारी गर्नु नै बुद्धिमत्ताको प्रयोग गरेको मानिन्छ । बेला बेला राजधानीको बिषय उठान गरेर आपसी द्वन्द्व पैदा गर्नु भड्काउ प्रवृत्ति हो । जो बन्द गरिनु पर्छ । प्रदेश राजधानीकै खोजीमा बर्षौं अल्मलिरहनु पनि नेतृत्वकै कार्यशैली माथि प्रश्न चिह्न खडा गर्नु हो ।
अब भन्नुस् तपाईको विचारमा राजधानी कहाँ उपयुक्त हुन्छ ?
धनगढी
गोदावरी
डडेल्धुरा
दिपायल
वा अन्य कुनै
