डोटी, १० असार / डोटीको बोगटान फुड्सिल गाउँपालिकाले राष्ट्रिय भलिबल खेलाडी रमेश बमलाई एक लाख ११ हजार एक सय ११ रुपैयाँसहित सम्मान गरेको छ ।
गाउँसभा अवसरमा गरिएको कार्यक्रममा अध्यक्ष कमलबहादुर गडसिला, उपाध्यक्ष बिष्ना देउवा बम र प्रमुख प्रशासकीय अधिकृत हेम बोगटीले रमेशलाई नगद, प्रमाणपत्र, दोसल्ला र नेपाली टोपीसहित सम्मान गरेका हुन् ।
गाउँपालिकाले यसअघि क्रिकेट खेलाडी लोकेश बम र नरेन साउँदलाई पनि सम्मान गरिसकेको छ ।