धनगढी, १० असार / कैलाली जिल्ला स्थित नेपाली सेनाको तेघरी ब्यारेकमा पृतनापति ट्रफी २०८२ को उद्घाटन गरिएको छ । सुदूरपश्चिम पृतना हेडक्वारका पृतनापति उपरथी प्रकाश देउजाले एक विशेष समारोहका बिच ट्रफीको उद्घाटन गरेका हुन् ।स्वास्थ्यको लागि खेलकुद ,राष्ट्रको लागि खेलकुद भन्ने मूल नारालाई आत्मासाथ गर्दै ट्रफीको अयोजना गरिएको हो ।
प्रधानसेनापति ट्रफी –२०८२ को तयारीको निम्ति सुदूरपश्चिम पृतना हेडक्वार अन्तर्गतका युनिट तथा सव युनिटका खेलाडी तथा टिमहरुलाई सहभागी गराई ट्रफीको अयोजना गरिएको हो ।
उक्त पृतनापति ट्रफी खेलकुद प्रतियोगितामा ९ वटा युनिटका २८० खेलाडीले फुटवल, भलिवल, बास्केटवल, पौडी, बक्सिङ्ग, जुडो, एथ्लेक्टिक्स र तेक्वान्दो विधामा प्रतिशप्रधा गराई उत्कृष्ट युनिट र खेलाडीहरु छनौट गरिने तेघरी ब्यारेक स्थित नेपाली सेनाले जानएको छ । मंगलबार देखि सुरु भएको प्रतियोगिता असार १७ गते समापन हुने बताईएको छ ।