धनगढी,२४ जेठ / धनगढी नेपाल खेलकुद महासघं सुदुरपस्चिम प्रदेशको दोश्रो अधिवेशन जेठ २८ गते हुने भएको छ । आज पत्रकार सम्मेलनको आयोजना गर्दै महासघं सुदुरपस्चिम प्रदेशले अधिवेशन बारे जानकारी दिएको हो ।
महासघं सुदुरपस्चिमका अध्यक्ष प्रकाश कुमार चन्दका अनुसार जेठ २८ गते धनगढीको रिद्दिसिद्दि प्यालेसमा अधिवेशन आयोजना हुन लागेको हो । महासघंका केन्द्रिय अध्यक्ष परशुराम बस्नेत (कृस्ण) को प्रमुख आतिथ्यता रहने कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सचिव तथा सुदुरपस्चिम प्रदेश इन्चार्ज लेखराज प्रमुख वक्ता रहने चन्दले बताए ।
अधिवेशनमा २ सय २३ जना प्रतिनिधि रहने महासघंका केन्द्रिय सचीव एवं सुदुरपस्चिम प्रदेश इन्चार्ज बिस्णु कुमार चन्दले बताए । कार्यक्रममा करिब ७ सय जना सहभागी हुने उनले बताए ।
खेलकुद महासघं सुदुरपस्चिमले खेल गतिबिधि सगैं, खेलाडी सम्मान, सरसफाई, राहत, उद्धार लगायतका सामाजिक कार्य समेत गर्दै आएको महासघं सुदुरपस्चिमका सचीव प्रकाश बि.क ले बताए । लगत्तै महासङ्घको केन्द्रिय महाधिवेशन आयोजना हुने छ ।