धनगढी, १४ जेठ / आई आई डी एसले धनगढीमा गरेको एक कार्यक्रममा नेकपा एमालेका नेता तथा पुर्व मुख्यमन्त्री राजेन्द्र सिंह रावल प्रतिपक्षमा देखिए । “नीति दौडाहा २०८२” नामक कार्यक्रममा प्रस्तुत गरिएको नेपालमा विकासको सर्वेक्षण , सम्भावना र यथार्थताबारे आई.आई.डी.एसका कार्यकारी निर्देशक विश्वास गौचनले जानकारी गराउँदा नेता रावलको चित्त नबुझे पछि मञ्चबाटै प्रतिक्रिया दिएका थिए।
नेता रावलको लागि कार्यक्रममा बोल्ने समय नै नराखिएको भए पनि आयोजकलाई समय दिन बाध्य बनाए । बोल्ने क्रममा यस्ता कार्यक्रम गरी जनतालाई निरासा थप्ने काम नगर्नुहोला भन्दै चुनौति दिए । आई आई डी एसका कार्यकारी निर्देशक गौचनको कार्यपत्रलाई लक्षित गर्दै सकिन्छ भने आशा थप्ने कार्यक्रम गरौँ , संविधान र सरकारले गर्न लागेका कामका विरुद्ध भएर कार्यक्रम नगरौं हामीलाई यस्ता कार्यक्रम नचाहिने भन्दै व्यङ्ग्य गरे।
निर्देशक गौचनलाई कटाक्ष गर्दै भने यस्ता विशेषता धेरै सँग छन्। विशेषज्ञता छ भने निति निर्माण तह र केन्द्रीय स्तरमा प्रयोग गर्नुस्, सरकार र संविधान विरोधी हुँदै विदेशी एजेन्ट नबन्नुस् भन्दै चुनौति दिए।
सकिन्छ भने सुझाव सल्लाह र सुधार गर्न सकिने विषयबारे जानकारी गराउनु पर्ने हुन्छ। यस्ता पाँच तारे होटेलमा कार्यक्रम गरी निरासा फैलाउने काम नगर्न भन्दै चेतावनी दिएका थिए।
उसो त नेता रावल हरेक मञ्चमा आलोचित हुने र आलोचना गर्ने पात्र नै हुन् । तर आजको कार्यक्रममा भने आफ्नो कुरा राखेर मुख्यमन्त्रीको मन्तव्यको लागि समेत रोक्न मानेन । आयोजक सँग रिसाएका रावलले आयोजकलाई आफुले बोलेको विषयमा प्रतिक्रिया समेत दिन दिएनन्। बरु उल्टै मुख्यमन्त्रीलाई छिटो बोल्नुस् भन्दै केही समय मञ्चमा बस्न तयार भए ।