धनगढी, ३ जेठ/ कैलाली जिल्ला बुद्धिचाल संघ कैलालीको अध्यक्षमा शिवप्रसाद पौडेल निर्वाचित भएका छन् । शनिबार धनगढीमा सम्पन्न सधारणसभा तथा आठौ अधिवेशनले प्रसाद पौडेल सहित सात सदस्यीय कार्यसमिति चयन गरेको हो।
उपाध्यक्ष जयनारायण जोशी, सचिव गगन राज घिमिरे, कोषाध्यक्ष विक्रम कुमार शर्मा , सदस्य ललन अन्सारी, सदस्य जयराज वडू र सोनिया जोशीलाई निर्वाचित गरेको हो । खेलाडी,चेस प्रेमी,बुद्धिचाल साधारण सदस्य एवं शुभचिन्तक महानुभाव प्रति हार्दिक आभार व्यक्त गर्दैछौ पौडेलले भने, अब सबै कुरा भुलेर खेलको विकासमा लाग्छौ ।