धनगढी,१६ चैत / आर्थिक लेनदेनकाे अडियो सार्वजनिक भएपछि सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चाैधरीलाई राजीनामा दिन निर्देशन दिइएको छ ।
मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्री चाैधरीलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न निर्देशन दिएका हुन् ।
मुख्यमन्त्रीकाे निर्देशनपछि मन्त्री चाैधरीले पत्रकार सम्मेलन गर्दैछन् । मन्त्री चाैधरीले प्रदेशकाे दिगो वन व्यवस्थापन कार्यविधि आफू अनुकुल बनाएर ठूलाे आर्थिक लाभ लिनसक्ने छलफल गरेकाे अडियो सार्वजनिक भएकाे छ ।
उक्त अडियो आएपछि चाैधरी विवादमा फसेका छन् ।