डडेल्धुरा, १९ फागुन / डडेल्धुरामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ५८ वर्षीय एक पुरुष पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको आलिताल गाउँपालिका–७ बस्ने ५८ वर्षीय भोजबहादुर बोहरा रहेका छन्।
जिल्ला प्रहरी कार्यालय डडेल्धुरा स्रोतका अनुसार शनिबार दिउँसो बोहरालाई पक्राउ गरिएको हो। बालिकाले बच्चालाई जन्म दिएपछि पीडितका दाइले फागुन १७ गते प्रहरीमा जाहेरी दिएका थिए।
घटना ८र९ महिना अगाडिको हुन सक्ने प्रहरीको अनुमान छ। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
