धनगढी,१६ फागुन – फुटबल खेलको क्षेत्रमा तीन दशकभन्दा बढी योगदान पु¥याएका प्रशिक्षक तथा खेल व्यवस्थापक राघवेन्द्र कार्की सम्मानित भएका छन्। राइजिङ स्टार इंग्लिश बोर्डिङ स्कुलले आयोजना गरेको वार्षिक कार्यक्रममा उनलाई खेलकुद क्षेत्रमा पुर्याएको विशेष योगदानको कदर गर्दै सम्मान गरेको हो।
एपीएफ विभागीय टिममा फुटबल खेलमा याेगदान दिएका कार्की प्रशिक्षकका रूपमा पनि उल्लेखनीय भूमिका निर्वाह गर्दै आएका छन्। सुरुवाती समयदेखि नै महिला फुटबल खेलाडी उत्पादन र व्यवस्थापनमा क्रियाशील रहँदै आएका उनी हाल अल स्टार्स स्पोर्ट्स एकेडेमीका अध्यक्ष समेत हुन्।
स्थानिय, क्षेत्रीय, र राष्ट्रिय स्तरमा फुटबलको विकासमा सक्रिय कार्कीले सुदूरपश्चिमबाट थुप्रै दक्ष खेलाडी उत्पादन गरिसकेका छन्। उनी निरन्तर रूपमा नयाँ खेलाडीहरूलाई प्रशिक्षण दिँदै सुदूरपश्चिमको खेलकुद क्षेत्रलाई बलियो बनाउन सकृय छन् ।
कार्यक्रममा विद्यालय प्रशासन, विद्यार्थी, अभिभावक तथा विभिन्न खेल क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।