डडेलधुरा, १५ माघ / राष्ट्रिय संगीतकर्मी संघको आयोजनामा सञ्चालन भईरहेको महोत्सवमा कृषि, पर्यटन, कला र संस्कृति सम्बन्धी विविध प्रदर्शनीहरू राखिएका छन्। साथै, औद्योगिक र व्यापारिक क्षेत्रमा अवसरको सिर्जना गर्नका लागि विभिन्न स्टलहरूको पनि व्यवस्था गरिएको छ।
महोत्सवले ३ दिन पुरा गर्दा दर्शकहरूको अत्यधिक भिडभाड रहेको र हजारौं दर्शकहरूले महोत्सव अवलोकन गरेको आयोजकले बताए। तेस्रो दिनमा गायक खुमन अधिकारी , गायक सुमन ताम्राकार, गायक रमेश मल्ल, गायिका मिना बुढा,मोडेल तथा डान्सर अस्मितापुरी लगायत अन्य थुप्रै स्थानीय तथा राष्ट्रिय कलाकारहरूको बेजोड प्रस्तुति रहेकाे थियो। शिवरात्री भएकाले पनि दर्शकहरूको अत्यधिक चाप रहेको पनि उहाँले बताएका छन्। महोत्सवको आज चौथो दिनमा गायक टेकबिसी, देउडा गायिका निर्मला भण्डारी लगायत अन्य थुप्रै राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने छन्।
महोत्सव २२ गतेसम्म सञ्चालन हुने छ । यस अवधिमा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना हुनेछन्। यस महोत्सवले डडेल्धुरालाई सांस्कृतिक र आर्थिक दृष्टिकोणबाट अझ बलियो र मजबुत बनाउन योगदान पुर्याउने अपेक्षा गरिएको आयोजकले जनाएको छ।