• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुदूरपश्चिममा १० औँ प्रदेश छनौट फूल कन्ट्याक्ट करातेमा विवाद , सदस्य सचिव र संयोजक हाबी

लबदेव धामी
धनगढी, ३ फागुन /  १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशमा खेलाडी छनौट प्रतियोगिता गरिएको छ। कर्णाली प्रदेशमा हुने भनिएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि सुदूरपश्चिम प्रदेश खेलकुद परिषदले जिल्लाबाट छनौट भएका खेलाडीको सहभागितामा प्रदेश छनौट प्रतियोगिता सम्पन्न गरेको हो।

खुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले सञ्चालन गरेको प्रदेश स्तरीय छनौट प्रतियोगितामा अधिकांश खेलका खेलाडी छनौट भएका छन् । भलिबल खेल र फुल कन्ट्याक्ट कराते छनौटमा भने विवाद सिर्जना भएको छ।

विवाद सिर्जना भएको खेलमध्ये फुल कन्ट्याक्ट कराते छनौट प्रतियोगिता पनि एक हो। कराते छनौटमा सुदूरपश्चिमका फुल कन्ट्याक्ट करातेका संयोजक पुष्पलाल रोकाया र सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दिपक सिंहको एकाधिकारका कारण बैतडी, डडेलधुरा, डोटी ,बाजुरा ,कञ्चनपुर र कैलालीका केही खेलाडी र प्रशिक्षकको टोलीले खेल बहिष्कार गरेका छन्। संयोजक रोकायाले मनोमानी गर्दै सुदूरपश्चिममा निर्णायक हुँदाहुँदै पनि बाहिरबाट निर्णायक बोलाएको सँगै बझाङका खेलाडीलाई जिताउने उद्देश्यले अन्य जिल्लाका खेलाडीप्रति देखाएको सौताने व्यवहारले गर्दा आफूहरूले खेल बहिष्कार गरेको खेलाडी र प्रशिक्षकहरूको भनाइ रहेको छ।

यता दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति अझैसम्म टुङ्गो नलागेको अवस्थामा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपक सिंहको जम्मा २८ दिन मात्रै कार्यकाल रहेकाले आफ्नै कार्यकालमा प्रतियोगिता सकेर बजेट सक्ने हिसाबले छनोट प्रतियोगिता गर्न हतार गरेको पनि करातेका केन्द्रीय प्रशिक्षक वीर कृष्ण महर्जनले आरोप लगाए।

खेलाडी छनौट एकलौटी ढंगले कसैसँग सहकार्य नगरी विगतमा राष्ट्रिय मेडल जितिसकेका खेलाडीहरूलाई समेत निरुत्साहित गर्दै गरेको यो खेलाडी छनौटलाई आफूहरूले कुनै हालतमा स्वीकार नगर्ने भन्दै कञ्चनपुर ,डडेलधुरा, बैतडी, डोटी, बाजुरा र कैलाली जिल्लाका समेत गरी प्रशिक्षक र खेलाडीहरूले बहिष्कार गरेका छन्।

यता सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दीपक सिंहलाई उक्त खेल विवादको विषयमा सोधपुछ गर्दा बझाङमा बाहेक अन्य कुनै जिल्लामा पनि फूल कन्ट्याक्ट कराते संघ दर्ता नभएको हुँदा विवाद सिर्जना भएको बताए। सुदूरपश्चिमका कुनै पनि निर्णायकसँग लाइसेन्स नहुँदा बाहिरबाट निर्णायक मगाएको सँगै अन्य जिल्लाका अधिकांश खेलाडी बाहिरका र प्रशिक्षक समेत बाहिरका भएकाले विवाद भएको उनको भनाइ छ।

खेलमा राजनीति घुसाएको प्रसङ्गमा सदस्य सचिव सिंहले भने कुनै पनि खेलाडी मेरो पार्टीको अथवा मेरो छैन जुन खेलाडीले राम्रो खेलिरहेको छ त्यही खेलाडी छनौट भएको बताए। साथै आफ्नो कार्यकाल २८ दिन बाँकी रहनुमा खेलसँग कुनै सरोकार नरहेको समेत जिकिर गरे।

खेलकुद परिषदले यत्रो लगानीमा गरेको खेलाडी छनौट कसैले विवाद गरेर केही पनि नहुने उनको तर्क रहेको छ ।

शनिबार, फागुन ०३, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.