धनगढी २४ पुस/भारतको लखनउका पत्रकारलाई कैलालीमा नेपाली टोपी लगाएर स्वागत गरिएको छ । भारतीय पत्रकार त्रिनाथ शुक्ला र अभयप्रताप सिंह लगायतलाई कैलालीमा नेपाली ढाका टोपी सहित स्वागत गरिएको हो ।
भारतीय पत्रिका अमृत विचार दैनिकका महाप्रबन्धक त्रिनाथ शुक्ला र दैनिक जागरणका उपप्रबन्धक अभयप्रताप सिंह, अमृत विचार दैनिकका पलिया सम्बाददाता शिसिर शुक्लालाई नेपाल पत्रकार महासघं कैलालीले ढाका टोपी सहित स्वागत गरेको हो । नेपाल पत्रकार महासघं कैलालीको कार्यालयमा एक कार्यक्रम आयोजना गरी पत्रकार सहित उहाँहरूका परिवारलाई स्वागत तथा सम्मान गरेको हो ।
पत्रकार महासघं कैलालीका अध्यक्ष श्रवण देउवाले भारतीय पत्रकारद्वयलाई नेपाली ढाका टोपी लगाएर स्वागत तथा सम्मान गरेका थिए । स्वागत गर्दै देउवाले सुदूरपश्चिम देवभूमि रहेकाले यहाँ थुप्रै घुम्न लायक ठाउँ रहेको बताएका थिए । नेपालमा पर्यटक आवागमनका लागी सहज वातावरण रहेको बताउँदै अध्यक्ष देउवाले सुदूरपश्चिममा भारतीय पर्यटकलाई भित्र्याउन भारतीय सञ्चार माध्यमले भूमिका खेल्नुपर्ने आग्रह गरेका थिए ।
कार्यक्रममा बोल्दै अमृत विचार दैनिकका महाप्रबन्धक त्रिनाथ शुक्लाले नेपाली पत्रकारहरू सगं सहकार्य गर्दै यहाँको पर्यटन विकासमा भूमिका खेल्ने बताए । पत्रकार महासघं कैलाली र लखिमपुर पत्रकार बिच समन्वय र सहकार्य गर्नुपर्नेमा उनले जोड दिए । कार्यक्रममा नेपाल पत्रकार महासघं कैलालीकी उपाध्यक्ष भावना जोशीले स्वागत मन्तव्य राखेकी थिइन् भने, कार्यक्रमको सञ्चालन सह सचिव शकंर बोहराले गरेका थिए ।
