• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

हमासको ३४ जना बन्दीलाई रिहा गर्ने तयारी , विपिन अझै परेनन् लिस्टमा

धनगढी, २३ पुस /  हमासले इजरायल आक्रमणको क्रममा कब्जामा लिइएकामध्ये थप ३४ बन्दीलाई रिहा गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले जनाएका छन् । समाचार संस्था बीबीसीले हमासका एक उच्च अधिकारीले रिहा गर्न लागिएका बन्दीहरूको नाम रहेको सूची प्राप्त भएको जनाएका छन् । सूचीमा एकदेखि ८५ वर्ष उमेर समूहका बन्दी छन् ।

बीबीसीले हमासका ती वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै लेखेको छ, सो सूची इजरायलसँग सम्भावित युद्धविराम सम्झौताको लागि रिहाइ प्रक्रिया अगाडि बढाउन तयार पारिएको हो । हमासका ती अधिकारीले सूची इजरायल सरकारलाई समेत बुझाइसकेको बताएका छन् । तर, इजरायल सरकारले भने अहिलेसम्म त्यस्तो कुनै सुची प्राप्त नभएको प्रतिक्रिया दिएको छ । हमासले गत ७ अक्टुबर सन् २०२२ मा इजरायली भूमिमा प्रवेश गरी आक्रमण गरी एक हजार दुई सयभन्दा बढीको ज्यान लिएको थियो भने दुई सय ५१ जनालाई बन्धक बनाएको थियो । मृत्यु हुनेमा दश नेपाली विद्यार्थी पनि थिए ।

सूचीमा छैन विपिनको नाम
इजरायल हमास लडाकुले मुक्त गर्न लागेका व्यक्तिहरूको सूचीमा नेपालका विपिन जोशी नरहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले हमासले उपलब्ध गराएको सूचीमा जोशीको नाम नरहेको बताएका हुन् । सूचीमा १० महिला र ५० देखि ८५ वर्षसम्मका ११ पुरुष छन् । त्यसबाहेक यसअघि हमासले ‘मृत्यु भइसकेको’ भनेका केही बालबालिका पनि रहेका बीबीसीले जनाएको छ । उनीहरू सबै इजरायलकै नागरिक हुन् ।

आक्रमणको क्रममा हमासका लडाकुहरूले कञ्चनपुरका विपिन जोशीसहित दुई सय ५१ जनालाई बन्धक बनाएर प्यालेस्टिनी भूमितिर लगेका थिए । त्यसयता जोशीको अवस्था अज्ञात छ । सन् २०२३ को नोभेम्बरमा सार्वजनिक भएको उत्तरी गाजास्थित अल–शिफा अस्पतालको एउटा सीसीटीभी फुटेजमा हमासले नियन्त्रणमा लिएका केही व्यक्तिहरू दखिएका थिए । तीमध्ये एकजना नेपाली पनि रहेको इजरेली सेनाले जनाएको थियो ।

नेपाली भनिएका ती व्यक्ति विपिन हुनसक्ने अनुमान नेपाली अधिकारीले गरेका थिए । विपिनका दाजु किशोरले पनि भिडियोमा देखिएका व्यक्ति आफ्नो भाइ नै रहेको बताएका थिए । विपिनको रिहाइका लागि नेपाल सरकारले कूटनीतिक पहल तीव्र पारेको बताए पनि उनको अवस्था अझै थाहा हुन सकेको छैन । एक महिनाअघि मात्रै राजदूत नियुक्त भएर इजरायलको राजधानी तेलअभिभ पुगेका पण्डित नेपालीहरू मारिएको र विपिन अपहरणमा परेको गाजा नजिकैको शहर किबुत्ज अलुमिम पुगेर घटनाक्रमबारे जानकारी लिएका थिए । विपिनको खोजीमा सम्भव सबै प्रयास गरिरहेको बताउँदै राजदूत पण्डितले भने, ’विपिन जोशीको खोजीमा सम्पूर्ण संयन्त्र परिचालन गरिएको छ । यदि सकुशल भए उनी मुक्त हुने आशा गर्न सकिन्छ ।’

 

मङ्गलबार, पुष २३, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.