• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

स्थानीयले सडक कालोपत्रे गर्न नदिदाँ , सडक खनेर यातायात सेवा बन्द

कञ्चनपुर, १८ पुस  /  कञ्चनपुर स्थित महाकाली नदीमा निर्माणाधीन पुल निर्माण कम्पनीले पहुँच मार्ग भत्काएको छ । कुमार सिएफइसी जोइन्ट भेन्चरले बुधबार महाकाली पुल वारिपारि दुवैतर्फ पहुँच मार्ग भत्काएर यातायता सेवा अवरुद्ध गरेको हो।

कम्पनीले दुवैतर्फ पुलको पहुच मार्ग भत्काउँदा भीमदत्त–दोधाराचाँदनी यातायात सेवा सञ्चालनमा अवरोध भएको छ । निर्माण कम्पनीले पुलसम्म जोड्ने पहुँच मार्गको गड्डाचौकी क्षेत्रमा स्थानीयले सडक (दुई सय मिटर) कालोपत्रे गर्न नदिएको भन्दै दबाब दिन सडक खनेर यातायात सेवा बन्द गरेको हो । साथै, सरकारले चौथो भेरिएसन स्वीकृत नगर्दा काम रोकिएको जनाएको छ।

कुमार सिएफइसी जोइन्ट भेन्चरका इन्जिनियर किशोर पाण्डेयले गड्डाचौकीवासीले सडक निर्माणमा अवरोध गरेपछि दबाब दिन सडक बन्द गरेको बताए । ‘गड्डाचौकीमा पहुँच मार्गको बेस निर्माण भइसकेको छ, तर स्थानीयले अवरोध गरेपछि हामीले कालोपत्रे गर्न सकेका छैनौँ,’ उनले भने, ‘हामीले काम कसरी गर्ने रु यहाँबाट पठाएको चौथो भेरिएसन पनि स्वीकृत भएको छैन, त्यो नहुँदा गत भदौमा आएको बाढीले भत्काएको गाइडबन्ड पुनर्निर्माण हुन सकेको छैन ।’ पहिलोपटक सांकेतिक रूपमा सडक खनेर आवतजावत बन्द गर्न खोजेको इन्जिनियर पाण्डेयले बताए । सडक खनेर अवरोध गर्न खोजेको भन्दै इन्जिनियर पाण्डेयलाई प्रहरीले पुलबाटै नियन्त्रणमा लिएर प्रहरी कार्यालय पुर्याएर छाडेको थियो । प्रहरीले सडक अवरोध गर्न नहुने जनाएको छ ।

गड्डाचौकीका स्थानीयले भने महाकाली पुल पहुँच मार्ग निर्माणमा कुनै अवरोध नगरेको बताएका छन् । ठेकेदार कम्पनीले नै सडक बनाउन नखोजेको उनीहरुको भनाइ छ । भीनपा–११ गड्डाचौकीका भूपेन्द्र क्षेत्रीले पुलदेखि गड्डाचौकीसम्म दायाबाया वाईवास निर्माण गरिएको तर गड्डाचौकीमा निर्माण नगरेपछि वाईपासको भने माग गरेको बताए । ठेकेदार कम्पनीले आफ्ना स्वार्थ पूरा नहुने देखेर स्थानीयमाथि दोषारोपण गर्न खोजेको उनको भनाइ छ । ‘हाम्रो माग पुरानो सडक सञ्चालनका लागि पूर्वपश्चिम वाइपास निर्माण हो,’ क्षेत्रीले भने, ‘स्थानीयले कालोपत्रेमा अवरोध गरेका छैनन् ।’

अर्का स्थानीय राकेश चन्दले पनि पुलको दक्षिणतर्फको वाइपासजस्तै उत्तरतर्फ बनाउनु पर्ने बताए । ‘हामी विकास विरोधी पनि होइनौँ तर स्थानीयमाथि सडक अवरोध गरेको भन्ने गलत आरोप लागेको छ ।’ पुल निर्माण कम्पनीले धेरै टाढाबाट वाईपास दिन खोजेपछि विरोध गरेको उनको भनाइ छ । भीमदत्त नगरपालिका–११ का वडाध्यक्ष प्रकास थापाले स्थानीयले अघि सारेको वाईपास सडक निर्माणप्रति निर्माण कम्पनी गम्भीर हुनुपर्ने बताए । ‘पुल निर्माणदेखि ठाँउठाँउमा बनेका पुल क्षेत्रमा दुवैतर्फ वाईपास निर्माण गरिएको छ,’ उनले भने, ‘यहाँ गड्डाचौकीमा मात्रै किन बहानाबाजी गरेको होला, यसमा सबैको ध्यान जान जरुरी छ ।’ यस अघि चार लेनको पक्की पुल निर्माण जिम्मा पाएको कम्पनी कुमार सिएफईसी जोईन्ट भेन्चरले गड्डाचौकीमा जारी बाधा अड्चन नखुले पुल बन्द गर्ने चेतावनी दिएको थियो ।

४ पुस ०८१ मा निर्माण कम्पनीले महाकाली पुल योजना कार्यालय महेन्द्रनगरलाई पत्र काट्दै गड्डाचौकीको बाधा अड्चन खोल्न आग्रह गरेको थियो । त्यसपछि ९ पुस ०८१ मा महाकाली पुल योजना कार्यालयले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरलाई पत्र पठाउँदै गड्डाचौकीमा सडक अवरोध भएकाले सहजीकरणका लागि पत्राचार गरिएको थियो । आयोजना प्रमुख ईन्जिनियर विवशबाबु सहादेवले हस्ताक्षर गरेको पत्रमा गड्डाचौकीदेखि दक्षिण दुई सय मिटर निर्माण सुरु गर्दा अवरोध भएकोले आवश्यक सहयोग र सहजीकरण गरिदिन अनुरोध गरिएको छ । महाकाली पुल योजना कार्यालयका सहायक सूचना अधिकारी सबइन्जिनियर दुर्गादत्त अवस्थीले गड्डाचौकीको अवरोध खुलाउने प्रयास नभएर १३ करोड रकम फिर्ता जाने बताए । उनले निर्माण कम्पनीले गड्डाचौकी क्षेत्रमा अवरोध बारे कार्यालयलाई जानकारी गराएसँगै अवरोध खुलाउन कार्यालयले सम्बन्धित व्यक्ति, निकायसँग पहल गर्ने बताए ।

गड्डाचौकीमा उत्पन्न अवरोधबारे दुई चरणमा छलफल पनि भयो, स्थानीयसहित जनप्रतिनिधिको रोहोबरमा वार्ता भयो, तर निष्कर्षमा पुगेन,’ उनले भने, ‘यस्तो द्वन्द्वको अवस्थामा निर्माण कम्पनीले काम गर्न सक्दैन, भनेपछि काम रोकिएको छ, ०७२ मै निर्माण भएको भेरिएसनअनुरूप काम भइरहेको छ, त्यही सडक अवरोधका कारण पुल निर्माण पूरा भएको छैन, हालसम्म ९८ प्रतिशत काम भएको छ ।’ उनले यो अवरोध सडक छाडेरै भए पनि पुल निर्माण सम्पन्न गरेर फरफारक गर्नुपर्ने अवस्था आएको बताए । यो हाम्रो प्रदेशकै गौरवको योजना हो, यसमा सबैले आ–आफ्नो स्थानबाट साथसर्मथन सहयोग गर्नुपर्छ, अवरोध होइन सहयोग सघाउनुपर्छ, योजनाको पूरै निर्माण कार्य सम्पन्न गर्न हामी सबै जिम्मेवार बन्नुपर्छ ।’

बिहिबार, पुष १८, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.