काठमान्डौं, ४ पुस / नेपाल प्रिमियर लिग ९एनपीएल० अन्तर्गत आज बिहीबार दोस्रो क्वालिफायर खेल दिउँसो १२ : ३० बजेबाट हुँदैछ । जसमा कर्णाली याक्स र जनकपुर बोल्ट्स बीच रोचक भिडन्त त्रिवि क्रिकेट मैदान हुनेछ। यो खेल दुवै टोलीका लागि “गर या मर” को अवस्थामा हुनेछ, किनभने विजेताले फाइनलमा स्थान बनाउँदै उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ भने पराजित टोली प्रतियोगिताबाट बाहिरिनेछ।
फाइनलका लागि सुदूरपश्चिम तयार:-
पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले जनकपुरलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ। लिग चरणमा जनकपुरले कर्णालीलाई ८ विकेटले हराएको थियो। त्यस खेलमा कर्णालीले प्रस्तुत गरेको १४१ रनको लक्ष्य जनकपुरले सहजै १५।१ ओभरमै २ विकेट गुमाएर पूरा गरेको थियो।
यद्यपि, कर्णालीले आफ्नो टोलीलाई बलियो बनाउन नयाँ विदेशी खेलाडीहरू भित्र्याएको छ। बुधबार जयकिशन कोलसावालले डेब्यु खेलमा उत्कृष्ट प्रदर्शन गर्दै अर्धशतक बनाए।
जनकपुरको चुनौतीपूर्ण यात्रा:-
जनकपुरले यसअघि सुदूरपश्चिमसँग दुई पटक पराजय भोगेको छ। पहिलो क्वालिफायरमा सुदूरपश्चिमले ८ विकेटको फराकिलो जित निकाल्यो, भने लिग चरणको भेटमा पनि जनकपुर ७२ रनले पराजित भएको थियो।
कर्णालीका लागि जयकिशन कोलसावाल र विलियम बस्सिटो मुख्य हतियार हुन्। जनकपुरले आफ्नो रणनीतिमा सुधार गर्नुपर्नेछ, विशेषगरी महत्वपूर्ण क्षणमा विकेट गुमाउने समस्यालाई सम्बोधन गर्न।
दोस्रो क्वालिफायरको महत्वस् यो खेलमा जित्ने टोली सुदूरपश्चिमसँग फाइनल खेल्दै उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। कर्णाली र जनकपुर दुवै टोलीका लागि यो अन्तिम अवसर भएकाले खेल अत्यन्तै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा छ।