• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

अत्तरियामा लाग्ने सुदूरपश्चिम प्रादेशिक महोत्सव यस वर्ष अन्योलमा

कैलाली, ३ पुस /  अत्तरियामा बर्सेनि सञ्चालन हुँदै आएको सुदूरपश्चिम प्रादेशिक महोत्सव लगाउने विषयमा यस वर्ष अन्योल भएको छ । महोत्सव आयोजना गर्दै आएको अत्तरिया उद्योग वाणिज्य संघका १० जना पदाधिकारीले राजीनामा दिएपछि महोत्सव लगाउने विषयमा अन्योल कायम भएको हो । गत वर्षको महोत्सवमा नक्कली टिकट ठेली प्रकरण बाहिरिएपछि केही दिन अघि समितिका उपाध्यक्ष सहित १० जनाले राजीनामा दिएका थिए । १५ जनाको समितिमा १० जनाले राजीनामा दिएपछि अहिले महोत्सव लगाउने विषयमा के गर्ने भन्ने अन्योल उत्पन्न भएको छ ।

समितिका अध्यक्ष कल्याण सिंह बोहराले ढिलो चाँडो भए पनि महोत्सव लगाउने बताए । उनले समितिका पदाधिकारीले राजीनामा दिएकाले कसरी अगाडी बढ्ने भन्ने बारेमा कानुनी परामर्श गरिरहेको बताए । ‘महोत्सव लगाउने भनेका छौ । हामी अहिले कानुनी परामर्श गरिरहेका छौ । समितिमा केही पदाधिकारी तथा सदस्यले राजीनामा दिएको हुनाले के गर्ने टुङ्गो लागेको छैन । हेरौँ के हुन्छ रु’ उनले भने ‘महोत्सव लाग्छ । ढिलो चाँडो हो । २र४ दिन तलमाथि होला महोत्सव लाग्छ ।’

उनले सबैको सहयोग भएमा महोत्सव सञ्चालन हुने बताए । ‘महोत्सव हाम्रो परम्परा नै हो यसलाई बिचमा छोड्यौ भने गाह्रो पर्छ । यो महोत्सव यस क्षेत्रका व्यवसायी, कलाकार सबैका लागि हो’ उनले भने ‘यो उद्योग वाणिज्य संघको मात्रै होइन । हामी एकदमै महोत्सव लगाउने तयारीमै छौ ।’

संघको महासचिव पदबाट राजीनामा दिएका शङ्कर खड्काले भने अहिलेको अत्तरिया उद्योग वाणिज्य संघ अवैध भएकाले महोत्सव लगाउन सम्भव नभएको बताए । ‘अहिले संस्था नै अवैधानिक छ । नवीकरण नै भएको छैन । अडिट गरिएको छैन । यी काम गर्न कार्यसमितिमा निर्णय गराउनु पर्ने त्यो भएको छैन । कसरी महोत्सव हुन्छ रु’ उनले भने ‘हामी महोत्सवको विरोधी होइनौ तर, अवैध तरिकाले महोत्सव हुनु हुँदैन ।’ उनले अहिले देखिएका समस्या समाधानका लागि पहिला नयाँ कार्यसमिति बनाउन आवश्यक रहेको बताए । उनले एक जना अध्यक्षले महोत्सव लगाउँछु भन्नु कल्पना बाहिरको कुरा भएको बताए ।

‘अध्यक्षले महोत्सव लगाउन भन्दा पहिले समिति बनाउन आवश्यक छ । नयाँ तदर्थ समिति बनाएर हुन्छ या सर्वसम्मत समिति बनाएर महोत्सव लगाउन सहज हुन्छ’ उनले भने ‘अहिले एक जना अध्यक्षले महोत्सव लगाउँछु भन्नु कल्पना बाहिरको कुरा हो ।’ उनले विगतमा महोत्सवलाई मागिखाने भाँडो बनाएको गिरोह अहिले महोत्सव लगाउन सक्रिय भएको बताए ।

उनले महोत्सवका विषयमा व्यवसायीको आम भेला बोलाएर छलफल गर्ने तयारी गरिएको बताए । १० जनाले राजीनामा दिएको अवस्थामा अध्यक्षले म एक्लै महोत्सव गर्छु भन्ने कुरा स्वीकार्य नहुने र, त्यो कानुन सम्मत पनि नहुने उनले बताए । उनले महोत्सव आयोजनाका लागि स्वीकृति लिन पनि कार्यसमितिको निर्णय र संस्था नवीकरणको कागजात आवश्यक पर्ने भएकाले अहिले स्वीकृति लिन नै सम्भव नभएको बताए । अत्तरियामा गत वर्ष आयोजना गरिएको महोत्सवमा नक्कली टिकट ठेली भेटिएपछि अदालतमा मुद्दा नै परेको थियो ।

अध्यक्षले अदालतले दोषी किटान गर्नु अघि नै हिनामिना भएको रकम संस्थालाई तिरेर मिलापत्र गराएर मुद्दा टुङ्गिए पनि समितिका ११ जनाले राजीनामा दिएका थिए । अत्तरियामा गत वर्ष पुस २६ गतेदेखि माघ ७ गते सम्म महोत्सव सञ्चालन गरिएको थियो ।

 

बुधबार, पुष ०३, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.