लबदेव धामी
धनगढी, १ पुष / बझाङ्ग दुर्गाथली ५ जाप्री घर भएका टेक बहादुर जप्रेलले धनगढी ४ मेनरोडमा रहेको सुशील श्रीङ्गारबाट मंसिर २७ गते पसलको लागि समान खरिद गरेर बझाङ्ग लैजाने क्रममा मालाखेती प्रहरीले गोदावरीमा खान तलासी गरेर कब्जा गरेको बताउछन् । समान जफत गर्दा हामीले धनगढीबाट किनेको समान हो भनेर बिल समेत देखायौँ तर प्रहरीले जबरजस्ती गरेर समान मालाखेती प्रहरी कार्यालय लागेको पिडित जप्रेल भने ।
त्यो दिन राती भैसेको र गाडी समेत बुकिङ गरेको हुनाले अरु सामान लगेर बझाङ गएको र आज (पुष १) आएर माला खेती प्रहरी कार्यालयलाई सामान फिर्ताको लागि माग गर्दा समान भन्सार कार्यालय धनगढी पठाएको बताएपछि भन्सार कार्यालय पुगेको उनी बताउँछन्। भन्सार कार्यालयमा भ्याट बिल सहित आफ्नो सामानको दाबी गर्दा उल्टो यो अवैध समान हो। भन्सार छली गरी ल्याएको हुनाले यो सामान जफत भइसकेको र यहाँमाथि पनि अनुसन्धान हुन सक्ने भनी झुटा आरोप लगाउँदा पीडितलाई झनै दुःख दिने काम गरेको प्रति जप्रेलको गुनासो रहेको छ।
न्यु सुशील श्रृंगार मेनरोड धनगढी ४ बाट किनेको सामान भ्याटविल सहित छ । जफत गरेर आफूलाई सोध्दै नसोधी मनोमानी तरिकाले प्रहरीले भन्सार छलीको सामान गोदावरीबाट जफत गरेको भनी उल्लेख गरेको र समान पनि नपाउने तारिख बोक्नुपर्ने, प्रमाण हुँदा पनि आफ्नै सामानको धरौटी राख्नुपर्ने हुँदा आफूमाथि गरेको प्रहरी दमन र भनसार कार्यालयको मनपढीले आहात भएको टेक बहादुर जपरेलकी आफन्त जानकी गिरीले सुदूरपत्र अनलाइन सँग दुखेसो पोखिन्।
२७ हजार ४ सय ५२ रुपैयाँ बराबरको समान भ्याटसहित ३१ हजार ५७ तिरेको हुँ। साथै उनले भने ,मेरो सामान धेरै पनि छैन मैले नपाए पनि केही छैन, तर यसरी सर्वसधारणलाई प्रमाण हुँदा पनि अनेक बहाना गरी दुःख दिने गरेको, बेलाबेलामा पैसा लिने, सामान देखाउँदा पनि जबरजस्ती गर्ने र उल्टै झुटा आरोप समेत लगाई सर्वसाधारणलाई पीडामाथि पीडा दिने प्रवृत्तिको विरुद्धमा आवाज उठाउनको लागि आफू मिडियामा आएको पिडित जप्रेल बताउछन्।