धनगढी, २८ मंसिर / नेपाल पत्रकार महासंघको आज देशैभर निर्वाचन हुँदै छ । केन्द्र, प्रदेश र जिल्ला स्तरमा एकै दिन निर्वाचन हुन लागेको हो । कैलालीमा अध्यक्ष सहित २ जना पदाधिकारी र ३ जना सदस्य निर्विरोध निर्वाचित भए पनि अन्य १३ पदका लागि आज निर्वाचन हुँदै छ । १३ पदका लागि कैलालीमा २५ जनाको उम्मेदवारी परेको छ ।
अध्यक्षमा श्रवण देउवा निर्वाचित हुँदा उपाध्यक्ष भावना जोशी र सह सचिव शङ्कर बोहरा निर्विरोध निर्वाचित भएका छन् । सदस्यमा आदिवासी जनजातितर्फ सुधराम दहित, अन्य समावेशी सदस्यमा जगत जैगडी र सदस्य समावेशीमा टेकसिंह धामी निर्विरोध निर्वाचित भएका छन् । संघको उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, सह सचिव (समावेशी) र खुला सदस्य, महिला सदस्य दलित सदस्य पदका लागि आज निर्वाचन हुँदै छ । उपाध्यक्षमा भोजराज रोस्यारा र झलनाथ खनालको उम्मेदवारी परेको छ ।
सचिवमा तेजराज भट्ट र सुशील ढुंगानाको उम्मेदवारी कायम भएको छ भने कोषाध्यक्षमा सुनिल आउजी र घनश्याम पौडेलको उम्मेदवारी परेको छ । सहसचिव ९समावेशी० मा सुरेन्द्र ताम्राकार र निराजन परियारको उम्मेदवारी परेको छ । ८ खुला सदस्यमा १५ जनाको उम्मेदवारी परेको छ भने १ दलित सदस्यका लागि २ जना र १ महिला सदस्यका लागि पनि २ जनाको उम्मेदवारी परेको छ ।
विना–थेगिम कन्स्ट्रक्सन जेभीसँग सम्झौता गरी भवन निर्माणको ठेक्का दिइएको थियो। निर्धारित समयभित्र काम सम्पन्न हुन नसक्दा अस्पतालको सेवा विस्तारमा गम्भीर असर परेको छ।
१८ करोड ७४ लाख २८ हजार रुपैयाँ लागतमा निर्माण हुनुपर्ने भवन २०७७ वैशाखभित्र सम्पन्न गर्ने लक्ष्य थियो। तर, पाँच पटक म्याद थप गरिसक्दा पनि निर्माण कार्य पूरा भएको छैन। संघीय आयोजना कार्यान्वयन इकाइले समयावधि थपे पनि ठेकेदार कम्पनी थेगिम कन्स्ट्रक्सनले कामलाई समयमै सम्पन्न गर्न नसकेको अस्पताल प्रशासनले जनाएको छ।
हाल भवनको संरचना तयार भए पनि झ्याल–ढोका जडान, टायल–मार्बल बिच्छ्याउने, रङरोगन, शौचालय निर्माण, पानी र बिजुली जडानलगायतका महत्त्वपूर्ण कार्य बाँकी छन्।
निर्माणको ढिलासुस्तीका कारण अस्पतालको सेवा विस्तार र नयाँ भवनको उपयोगमा बाधा पुगेको छ। यसले अस्पतालमा बिरामीका लागि थप सेवा सुविधा उपलब्ध गराउन समस्या भइरहेको छ।
सरकारले समयमा काम नगर्ने निर्माण कम्पनीहरूमाथि कारबाही गर्न सकेको छैन। अस्पताल प्रशासनले यसबारे चिन्ता व्यक्त गर्दै काम छिटो सम्पन्न गराउन माग गरेको छ।