• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

राम र सीताका रूपमा श्याम र शोभाको विवाह

धनगढी,२३ मंसिर । शुक्रबार साँझ कैलालीको घोडाघोडी नगरपालिका–१, घोडाघोडी मन्दिर परिसरमा रहेको रामजानकी मन्दिरअगाडि ब्यान्ड बाजामा युवकयुवतीदेखि वृद्धवृद्धासम्म नाचिरहेका थिए । मन्दिरको बाहिरपट्टि राम, लक्ष्मण, दशरथ र वशिष्ठ गुरुको भेषमा रहेका चार जनाको पूजा आरती गरेर जन्ती प्रस्थानको तयारी गरिँदै थियो । विवाहपञ्चमीको दिनको यो दृश्य एउटा उत्सवका रूपमा देखिन्थ्यो । एकछिन नाचगान गरिसकेपछि राम, लक्ष्मणलगायतको भेषमा रहेका सबै ब्यान्ड बाजामा नाच्दै ट्याक्टरमा बसेर पहलमानपुरतर्फ निस्कन्छन् । मन्दिरका एक सन्तले भने, “सीतालाई लिन जन्तीसहित राम पहलमानपुरमा रहेको कैलाशधाम जानुभयो ।”

रामको भेषमा रहेका दुलहा श्याम चौधरी र सीताका रूपमा रहेकी शोभा चौधरीको वास्तवमा विवाह हुँदै रहेछ । घोडाघोडी नगरपालिका–१, सुखडका मख्खुराम चौधरी रामभक्त हुनुहुन्छ । उहाँले सीता विवाहपञ्चमीका दिनमा नातिको विवाह गर्ने इच्छा जाहेर गरेपछि घरका मानिस र मन्दिरका भक्तसँग पनि सल्लाह मिलेपछि राम र सीताका रूपमा नातिको विवाह रामको स्वरूपमा हुन लागेको बताए । विवाह उत्सवमा रमाइरहेका सीताराम चौधरीले जनकपुरमै पुगेर विवाहपञ्चमी उत्सव मनाउन नपाए पनि आफ्नो ठाउँमा भएको मन्दिरमा सीता र रामका रूपमा वास्त्विक विवाहमा उपस्थित भएर उत्सव मनाइरहेको बताए ।

श्यामले मन पराएर घोडाघोडी–७ का शोभालाई भगाएर ल्याएका रहेछन् । श्यामको घरमा सबै सीतारामका भक्त भएकाले उनीहरूले सीता र रामका रूपमा सीता विवाहपञ्चमीमा विवाह गर्ने सल्लाह अनुसार श्यामलाई घोडाघोडी मन्दिर परिसरमा रहेको रामजानकी मन्दिरबाट विवाह गर्ने सल्लाहबमोजिम विवाह उत्सव भएको जनाइयो । श्यामलाई दुलहाका रूपमा रामको पौराणिक पोसाकमा सजाइएको थियो भने उहाँको भाइलाई लक्ष्मणका रूपमा । उता कैलाशधाममा रहेको जानकी मन्दिरमा शोभालाई सीताका रूपमा दुलही बनाई राखिएको थियो ।

परिवार इष्टमित्रसहित मन्दिरका साधुसन्त, रामभक्त सबै जनाले विवाह उत्सवका रूपमा रामरूपी श्याम र सीतारूपी शोभालाई जन्ती बनेर साथ दिएका थिए । मख्खुरामले सीता विवाहपञ्चमीका दिन नातिको विवाह रामको स्वरूपमा गर्न पाउँदा असाध्यै खुसी लागेको बताए । उनले भने, “पवित्र दिनमा नातिको विवाह रामको स्वरूपमा गर्न पाउँदा धेरै खुसी लागेको छ ।” गोरखापत्रबाट

आइतबार, मङि्सर २३, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.