लबदेव धामी
धनगढी,१९ मंसिर / सुदूरपश्चिममा उपनिर्वाचनका लागि उम्मेदवारी दिएका रास्वपाका उम्मेदवारले आफ्नो जमानत समेत जोगाउन सकेका छैनन् । २ स्थानमा वडा अध्यक्षको उम्मेदवारी दिए पनि रास्वपाले नराम्रोसँग हार बेहोरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई स्थानमा उम्मेदवार उठाएकोमा दुबै उम्मेदवारले जमानत जोगाउन नसकेको बताइएको छ । डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा अध्यक्षको उम्मेदवार बन्नुभएको रास्वपाका जानकी कुमारी खड्का कुँवरले ३१ मत मात्रै प्राप्त गर्नुभयो ।
सबैभन्दा बढी कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा ९ जना उम्मेदवारको जमानत जफत भएको छ । जस्मा रास्वपाका रामदत्त भट्टले पनि
जमानत जोगाउन सक्नुभएन । रास्वपाका रामदत्तको चुनावी प्रचार प्रसार गर्न केन्द्रबाट माननीय युवा संसद सोभिता गौतम, रमेश परासाई लगायतको टोली समेत कञ्चनपुर पुगेका थिए ।
सुदूरपश्चिममा उपनिर्वाचनका १३ जना उम्मेदवारको जमानत जफत भएको छ । ५ स्थानमा भएको उपनिर्वाचनमा २६ जना उम्मेदवार रहेका थिए। जमानत फिर्ता पाउन सदर मतको १० प्रतिशत मत कटाउनु पर्ने प्रवधान रहेको छ ।
